Sunday, October 4, 2015

युवा सङ्घ नवौँ निर्वाचन अयोजक किमिटीमा परिणत

काठमाडौँ, १७ असोज । युवा सङ्घ नेपालको बुटवलबाट निर्वाचित भएर आएको आठौँ केन्द्रीय कार्यसमिति नवौँ निर्वाचन आयोजक कमिटीमा परिणत भएको छ ।

सङ्घको शनिबारदेखि सुरु भएको केन्द्रीय पदाधिकारी बैठकबाट केन्द्रीय कार्यसमिति निर्वाचन आयोजक कमिटीमा परिणत भएको सङ्घका प्रवक्ता प्रभात विक्रम कटुवालले जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष नीरु पालको संयोजकत्वमा नवौँ निर्वाचन आयोजक किमिटी बन्ने तयारी भएपनि उमेर हदका कारण उहाँले राजीनामा दिने तयारी गर्नुभएको छ । सङ्घको विधानअनुसार ४० वर्ष उमेर पुगेपछि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ ।

लामो समय असन्तुष्ट रहेका सङ्घका उपाध्यक्ष दिलु पन्तलगायतको टोलीको माग पूरा गर्ने बाचापछि यो पटक संयुक्त बैठक बसेको हो ।

बैठकमा उमेर हदबन्दी ४० वर्ष पुरा भएपछि स्वतः कमिटीबाट बिदा दिने वा के प्राबधान राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता कटुवालले जानकारी दिनुभयो । रासस

ADSENSE CODE

सहमति नभए एमाले सरकारमा जाँदैन : मन्त्री पण्डित

भक्तपुर, १७ असोज । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विगतमा भएको १६ बुँदे सहमतिअनुसार नयाँ सरकार गठन नभए नेकपा (एमाले) सरकारमा नजाने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सहमतिविरुद्ध गएर नेपाली काँग्रेस आफँैले सरकारको नेतृत्व दोहो¥याउने र एमालेलाई सरकारको नेतृत्व नदिने षडयन्त्रमा लागेको उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

मन्त्री पण्डितले भन्नुभयो, “संविधान जारी भएपछि एमालेको नेतृत्वमा सहमतीय सरकार बनाउने सहमति भए पनि अहिले सहमतीय सरकार गठन नगरी बहुमतीय प्रणालीमा गएर एमालेलाई सरकारको नेतृत्व नदिने षडयन्त्र सुरु भएको छ, यसो भयो भने एमाले सरकारमा जाँदैन, प्रतिपक्षमा बस्छ ।”

राष्ट्रपतिले सात दिनको समय दिएपछि राजनीतिक धु्रवीकरण बढेको चर्चा गर्दै उहाँले अब सहमतिको सरकार गठन हुने सम्भावना नरहेको बताउनुभयो ।

उहाँले नेपालको संविधान विश्वकै सर्वाेत्कृष्ट रहेको दाबी गर्दै नेपालको संविधान कुनै विदेशी नागरिकका लागि नभएकाले यसमा अन्य राष्ट्रले टाउको दुखाउन नहुने जिकिर गर्नुभयो । अब चीनबाट अत्यावश्यक सामग्री ल्याउन पहल सुरु भइसकेको बताउँदै मन्त्री पण्डितले भन्नुभयो, “भारतले अघोषित नाकाबन्दी लगाया,े त्यसले नेपालीलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरेको छ, उत्तरतर्फको नाका खोल्न पनि सरकार लागिपरेको छ, ।” रासस

राजविराजबाट ट्रकसहित सुपारी बरामद

सप्तरी, १७ असोज । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले राजविराजको सिरहारोडबाट आज साँझ ट्रकसहित सुपारी बरामद गरेको छ ।

राजविराजको सिरहा रोड हँुदै छिमेकी राष्ट्र भारततर्फ को १ख३३५४ नम्बरको ट्रकमा चार हजार ३०९ केजी सुपारी र १२० केजी अलैँची अवैध रुपमा लोड गरी लगिँदै गर्दा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

साथै ट्रक चालक इसरलाल सरदारसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।

बरामद गरिएको समान र ट्रक तथा ट्रक चालक सरदारलाई अनुसन्धानका लागि पूर्वाञ्चल क्षेत्रीय राजस्व कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ । रासस

‘समस्याको समाधान वार्ता र संवादबाट’

दाङ, १७ असोज । नेपाल संस्कृत विश्विद्यालयका उपकुलपति प्राध्यापक डा कुलप्रसाद कोइरालाले वार्ता र संवादबाट नेपाल संस्कृत विश्वविद्यालयका विद्यमान समस्यालाई सम्बोधन गर्न विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।

प्राज्ञिक क्षेत्रलाई बाहुबलको अखडा बनाउन नहुने बताउँदै उहाँले असहमति र असमझदारीलाई हटाउने एउटा मात्रै विकल्प वार्ता र संवाद भएकाले वार्ताका लागि खुल्ला आह्वान गर्नुभयो ।

लामो समयदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भएको तालाबन्दीले विश्वविद्यालयका प्राज्ञिक, शैक्षिक, आर्थिक तथा प्रशासनिक सबै कार्य अबरुद्ध भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत सधैँ तालाबन्दी र आन्दोलन मात्रले कुनै पनि समस्याको समाधान नहुने बताउनुभयो ।

तालाबन्दीको विकल्प वार्ता र संवाद मात्रै भएको उल्लेख गर्दै विश्वविद्यालयले आज विज्ञप्ति जारी गरी तालाबन्दीमा संलग्न पक्षसँग वार्ता गर्न विश्वविद्यालयले प्रा प्रेमकुमार आचार्यको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरेको उल्लेख गरेको छ । रासस

जोगवनी नाकाबाट पाँचवटा मालवाहक गाडी भित्रिए

विराटनगर, १७ असोज । जोगवनी नाकाबाट आज साँझ विराटनगरस्थित भन्सार कार्यालयमा पाँचवटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।

भन्सारको परिसरमा भित्रिएका गाडीमध्ये फलफूल र खाद्यान्न बोकेका गाडी रहेको भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो ।

उहाँले मालवाहक गाडीहरु भित्रिने क्रम जारी रहेको भन्दै तेल बोकेका ट्याङ्कर र ग्यास बुलेट धेरै पछाडि रहेकाले भित्रिन समय लाग्ने बताउनुभयो । यसैबीच, रानी भन्सारनजिक संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले धर्ना जारी राखेका छन् । रासस

मछिन्द्रनाथको भोटो देखाउनका लागि साइत हेर्ने तयारी

काठमाडौँ, १७ असोज । वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको सबैभन्दा महत्वपूर्ण मानिने भोटो देखाउने जात्राका लागि साइत हेर्ने तयारी भइरहेको छ ।

शनिबार बिहान महिलाको मात्र सहभागितामा रथजात्रा सम्पन्न भएपछि भोटो देखाउनका लागि तयारी भइरहेको पुजारी विनोद बज्राचार्यले जानकारी दिनुभयो ।

पुजारी बज्राचार्यका अनुसार आगामी २१ गतेसम्ममा साइत हेर्ने काम सकी कुन दिन भोटो देखाउने निश्चित गरिनेछ । भोटो देखाउने दिनको यकिन भएपछि हाल ठटीटोलमा रहेको रथलाई जावलाखेल पु¥याई राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा भोटो देखाइनेछ । अहिले रथलाई पानेजुहरुले दैनिक गर्दै आएको नियमित पूजा मात्रै गरिरहेका छन् ।

यस वर्ष १२ वर्षको रथजात्रा भएकाले यस जात्रालाई विशेष जात्राका रुपमा लिने गरिएको छ । हरेक वर्ष जावलाखेलमा मात्र भोटो देखाउने गरिएको भएपनि यस वर्ष १२ वर्षको मेला परेकाले जावलाखेल र बुङ्मती गरी दुई स्थानमा भोटो देखाइनेछ ।

केही समयअघि नै रथजात्रा सकिनुपर्ने भएपनि गत वैशाख १२ गते गएको भूकम्पका कारण तीन महिना रथजात्रा स्थगित भई गत असोज ५ गतेदेखि पुनः दोस्रोपटक जात्रा सुरु भएको हो । रासस

राष्ट्रिय रेफ्री कोर्ष सुरु

काठमाडौँ, १७ असोज । दोस्रो राष्ट्रिय ‘ग्यारोगी रेफ्री रिफ्रेसर कोर्ष’ आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

सातौँ राष्ट्रिय खेलकुदको प्राविधिक तयारीका लागि राष्ट्रिय तेक्वान्दो सङ्घको आयोजनामा तेक्वान्दो खेलका लागि ‘कोर्ष’ सञ्चालन गरिएको हो ।

‘कोर्ष’मा ४७ जिल्लाका २०० रेफ्रीको सहभागिता रहेको छ । ब्ल्याकवेल्ट दोस्रो डान तथा १६ वर्ष नाघेकाले मात्र यो ‘कोर्ष’मा सहभागिता जनाउन पाउने छन् ।

तीन दिनसम्म चल्ने कोर्ष कोरियाली ग्रान्ड मास्टर क्वान योङ दलले सञ्चालन गरिरहेका छन् ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमकाबीच ‘कोर्ष’को उद्घाटन गर्नुभयो । रासस

सशस्त्र प्रहरी भरपर्दो सुरक्षा निकायका रुपमा स्थापित – गृहमन्त्री गौतम

काठमाडौँ, १७ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरी बल देशको भरपर्दो सुरक्षा निकायका रुपमा स्थापित भएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलले पहिलोपटक सञ्चालन गर्न लागेको ‘कमाण्ड तथा स्टाफ कोर्ष’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सशस्त्र प्रहरी बलले जनताको हितमा गरेको योगदानले सङ्गठनलाई लोकप्रिय बनाउनुका साथै छोटो अवधिमै भरपर्दो सुरक्षा निकायका रुपमा स्थापित हुन सफल रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री गौतमले सशस्त्र प्रहरी बलले गरेको योगदानले यस सङ्गठनको उचाइ चुलिएको बताउँदै बलले गरेको उत्कृष्ट कार्यले जनताद्वारा दिन प्रतिदिन सशस्त्र प्रहरी बलको तैनाथीका लागि माग भइरहेको चर्चा गर्नुभयो ।

“सशस्त्र प्रहरी बलको योगदान अतुलनीय रहेको छ”, उहाँले भन्नुभयो– “कानुनी राज्यको अवधारणाबमोजिम शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरी बलको योगदान प्रशंसनीय छ, जनताले सशस्त्र प्रहरी बलको योगदान र त्यागको अपेक्षा गरिरहेका छन्”– सशस्त्र प्रहरी बलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उपप्रधानमन्त्री गौतमले फौजी सङ्गठनमा अत्यन्तै महत्वका साथ हेरिने कमाण्ड तथा स्टाफ कोर्षले सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने भन्दै नागरिकलाई निश्चिन्त तुल्याउन र हालका दिनमा झैँ मानवअधिकारको रक्षा गर्दै पूर्णरुपमा व्यावसायिक भई कार्य गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले सशस्त्र प्रहरी बलले आफ्नो मध्यमस्तरका अधिकृतमा नेतृत्व विकास गर्ने अभिप्रायले सञ्चालन गर्न लागेको कमाण्ड तथा स्टाफ कोर्ष महत्वपूर्ण आयाम भएको उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले लामो समयको प्रयासपछि कमाण्ड तथा स्टाफ कलेज सञ्चालनको स्वीकृति प्राप्त भएको बताउँदै करिब १८ महिना अवधिको यस तालिमपछि प्रशिक्षार्थी अधिकृतले त्रिभुवन विश्वविद्यालयबाट सुरक्षा, विकास तथा शान्ति अध्ययन विषयमा स्नातकोत्तर तहको शैक्षिक उपाधि प्राप्त बताउनुभयो ।

विश्वकै फौजी सङ्गठनमा व्यावसायिक प्रशिक्षणका लागि उपल्लोस्तरको मानिने ‘कमाण्ड तथा स्टाफ कलेज’ सशस्त्र प्रहरी बलमा हालै स्थापना भएपछि बलमा पहिलोपटक ‘कमाण्ड तथा स्टाफ कोर्ष’ सञ्चालन हुन लागेको हो ।

छ÷छ महिनाको तीन सेमेस्टरमा विभाजन गरी सशस्त्र प्रहरी बलको म्याण्डेटअनुसारका कार्यमा सैद्धान्तिक एवम् व्यावहारिक प्रशिक्षण दिइने उक्त कमाण्ड तथा स्टाफ कोर्षमा प्रशिक्षार्थीले आधुनिक प्रविधि एवम् सुविधाको उपयोग गरी प्रशिक्षण पूरा गर्नुपर्नेछ ।

फौजी सङ्गठनमा व्यावसायिक प्रशिक्षणका लागि महत्वपूर्ण मानिने स्टाफ कलेजमा सुरक्षा, विकास तथा शान्तिसम्बन्धी विषयको प्रशिक्षण हुनेछ । पछिलोपटक सञ्चालनमा आएको उक्त कोर्षमा १२ जना सशस्त्र प्रहरी बलका नायब उपरीक्षक समावेश रहेको सङ्गठनले जनाएको छ । रासस

बोक्सी आरोप (कसुर र सजाय) विधेयक को प्रभावकारी कार्यान्वयनमा जोडबोक्सी आरोप (कसुर र सजाय) विधेयक को प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ, १७ असोज । समाजमा व्याप्त सामाजिक अन्धविश्वास र कुरीतिका रुपमा विद्यमान बोक्सी प्रथाको अन्त्य गर्ने उद्देश्यले ल्याइएको बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ को प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

मानववादी समाज (सोच) नेपालद्वारा यहाँ आज आयोजित ‘संविधानमा कुरीति’ विषयक अन्तक्र्रिया तथा पुस्तक विमोचनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति सभापति रञ्जुकुमारी झाले ऐन÷कानुन ल्याउने मात्रभन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण भएको कार्यान्वयनका लागि सबैको आवश्यकता औँल्याउनुभयो ।

महिलामाथि हुने हिंसा र अन्यायसँग सम्बन्धित कुरीति अन्त्य समाज (कास)ले प्रकाशन गरेको ‘धर्म, विवाह र महिला’ नामक पुस्तकको विमोचन गर्दै सभापति झाले बोक्सी प्रथासम्बन्धी कानुन नभएका कारण विगतमा महिलाले कथित बोक्सी आरोपमा ज्यान गुमाउनुका साथै सामाजिक बहिष्कार, घर निकालासमेतका पीडा भोग्नुपरेको बताउनुभयो ।

पत्रकार लोग्सरी कुँवर र लेखक सञ्जय खड्काले सम्पादन गर्नुभएको सो पुस्तकमा विभिन्न लेखकका पाँच वटा लेख समावेश गरिएको छ ।

सोही अवसरमा सांसदहरू वृजेशकुमार गुप्ता, मधु गुरुङ, मोहनसिंह राठौर र जगदीश्वर नरसिंह केसीले सविधान निर्माण भइसकेका अवस्थामा अबका दिनमा समाजमा व्याप्त बोक्सी, दाइजो, छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्दै समाज सुधारको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) की नेत्री रामकुमारी झाँक्रीले चेतनाको कमीका कारण मान्छेले अन्धविश्वासलाई प्रश्रय दिने गरेको भन्दै संस्कारका नाममा विद्यमान कुरीति अन्त्य गर्नु सबैको दायित्व हो भन्नुभयो ।

त्यसैगरी सांसदहरु सकुन्तला राजभण्डारी, मीना पाण्डे, हरि उप्रेती, ममताकुमारी यादव, मीना यादव, नेकपा (एमाले) नेत्री रामकुमारी झाँक्री नेपाली काँग्रेसका महासमिति सदस्य राधा घले, समता पार्टीका महासचिव विक्रम कुँवरलगायतले कानुन कार्यान्वयनसँगै चेतनाका माध्यमबाट बोक्सी प्रथाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । रासस

मुगुमा बगेर र हामफालेर दुईजना बेपत्ता

मुगु, १७ असोज । शनिबार र आइतबार दुई भिन्नभिन्न स्थानमा घटेका घटनामा दुईजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सोम थापाका अनुसार शनिबार दिउँसो ३ बजे जिमा गाविसस्थित सिप बजारमा मेडिकल व्यवसाय गर्ने पर्सा जिल्ला पर्सेनी–८ घर भएका २८ वर्षीय रोहित यादव नजिकै रहेको मुगु कर्णालीमा पौडी खेल्दैगर्दा बगेर र आज आइतबार दिउँसो १ बजे श्रीनगर गाविस–५ घर भएका जिल्ला कृषि विकास कार्यालय, मुगुमा कृषि प्राविधिकमा कार्यरत अन्दाजी ४२ वर्षीय सूर्यबहादुर हमालले मुगु कर्णालीमा हामफालेर बेपत्ता भएका हुन् ।

दुबैको खोजी स्थानीयवासी र प्रहरीले गरिरहेपनि फेला पार्न सकेका छैनन् । हमाल हामफालेको स्थान जिल्ला सदरमुकाम गमगढीबाट १० मिनेट उत्तर र यादव बगेको स्थान सदरमुकामबाट पाँच घन्टा उत्तर पूर्वमा रहेको छ । रासस

महासभामा यसपटक नेपालको सहभागिता अत्यन्त फलदायी भएको छ – उप्रधानमन्त्री सिंह

काठमाडौँ, १७ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिहले संयुक्त राष्ट्रसङ्घको ७०आँै महासभामा नेपालको सहभागिता अत्यन्त फलदायी भएको बताउनुभएको छ ।

राष्ट्रसङ्घको ७०आँै महासभामा भाग लिएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महासभामार्फत विश्व समुदायमा सगौरवका साथ संविधानसभाबाट संविधान जारी गरेको सन्देश पु¥याउन सफल भएको उल्लेख गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशी तथा लोकतान्त्रिक संविधान जारी भएपश्चात् आयोजना भएको महासभामा मुलुकको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भावका लागि आह्वान गरिएको उपप्रधानमन्त्री सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“नयाँ संविधान जारी भएपश्चात् नेपाल अब विकास र उन्नतिको दिशामा लागेकाले अन्तर्राष्ट्रिय सहयोग र सद्भावका बढाउन समेत आग्रह गरेको छु ।”

नेपालका तर्फबाट महासभामा सम्बोधन गर्ने क्रममा उहाँले भूपरिवेष्टित मुलुकले पारवहन सुविधान निर्वाधरुपले पाउनुपर्ने तथा विश्व शान्ति स्थापनाका लागि गरेको योगदानअनुरुपको व्यवस्थापकीय जिम्मेवारी र भूमिका पाउनुपर्ने विषय जोडदार रुपमा उठाएको बताउनुभयो ।

सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने समयसीमा सकिन लागेको सन्दर्भमा महासभाको क्रममा सन् २०१५ उप्रान्तको दिगो विकास एजेण्डालाई अनुमोदन गरेको उहाँले बताउनुभयो ।

आमूल परिवर्तनका लागि विश्वव्यापी रुपमा लागू हुने उक्त एजेण्डामा गरिबी, भोकमरी हटाउने, स्वास्थ्य, शिक्षा, जीवनयापन, रोजगारीलगायतका क्षेत्रमा एकीकृत रुपमा प्रगति हासिल गर्नेलगायतका १७ लक्ष्य र १६९ उद्देश्य रहेका छन् ।

उक्त बैठकमा उपप्रधानमन्त्री सिंहले लोकतन्त्र र विकासबीच अन्तर्निहित सम्बन्ध रहेकाले मानव केन्द्रित विकास हुनुपर्ने जनाउँदै नेपालमा भर्खरै समावेशी तथा लोकतान्त्रिक संविधान जारी गएको र त्यसका विशेषताका बारेमा जानकारी गराउनुभएको थियो ।

महासभामा भाग लिने क्रममा नेपाल र जमैकाबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

महासभाका क्रममा चीन र संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको उच्चस्तरीय दक्षिण– दक्षिण सहयोग, लैङ्गिक समता, भूपरिवेष्टित विकासोन्मुख मुलुकको उच्चस्तरीय मञ्चको बैठक तथा विश्वव्यापी रुपमा एकअर्कालाई पुनः ऊर्जा प्रदान गर्ने अन्तक्र्रियामा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री सिंहले श्रीलङ्काका राष्ट्रपति, भुटानका प्रधानमन्त्री, संयुक्त राष्ट्रसङ्घका महासचिवसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । नेपाल संयुक्त राष्ट्रमा प्रवेश गरेको यो वर्ष ६० वर्ष पुगेको छ ।

महासभामा भाग लिने क्रममा विश्वका नेताले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका विषयमा आफ्ना देशका धारणा राख्ने भएकाले महासभालाई महत्वपूर्ण अवसरका रुपमा लिने गरिन्छ ।

उपप्रधानमन्त्री सिंह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो । रासस

डा भट्टराईले नयाँ पार्टी खोल्ने

लुम्बिनी (रुपन्देही), १७ असोज । एनेकपा (माओवादी) पार्टी परित्याग गरेर तराई मधेसका जिल्लाको दौडाहामा रहनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ ।

उहाँले लोकतान्त्रिक उपलब्धिलाई जोगाउन पुराना पार्टी र मुलुकको विकास गर्नलाई पुरानो एजेन्डाले नसक्ने भएको हँुदा नयाँ एजेन्डासहितको नयाँ शक्ति मुलुकमा अवश्यकता रहेको बताउनुभयो ।

रुपन्देहीको धकधई क्षेत्रमा मधेस आन्दोलनको समर्थन तथा वर्तमान शासनविरुद्ध विशाल विरोधसभालाई सम्बोधन गर्दै उहाँले प्राप्त लोकतान्त्रिक उपलब्धिलाई जोगाउन र नपुगेका अधिकारलाई पूर्णता दिलाएर केही दशक आर्थिक विकासबाट समृद्धी ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “तराई मधेस प्रचुर सम्भावना हुँदाहँुदै पनि यहाँका जनता गरिब छन्, युवा बेरोजगार भएर विदेसिएका छन्, यसको अन्त्य गर्नका निम्ति हामीले केही दशक सम्पूर्ण शक्ति केन्द्रित गरेर मुलुकमै उद्योग कलकारखाना खोलेर नेपाललाई हराभरा र समृद्ध बनाउनुपर्छ ।” उहाँले यही एजेन्डा पूरा गर्नका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले हिजोको पुरानो शक्तिले अबको आर्थिक क्रान्ति सम्भव नभएको भन्दै नयाँ शक्तिको निर्माण गर्ने धेयका साथ आफूले पुरानो पार्टी परित्याग गरेको बताउनुभयो । नेता भट्टराईले सबैको सल्लाह लिएर मात्रै नयाँ शक्ति कस्तो र कसरी निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने बताउनुभयो ।

उहाँले आफूले छाडेको पार्टीलाई पुरानो भत्केको घर भन्दै त्यसमा कुनै पनि हालतमा नफर्कने बताउनुभयो । “पार्टीहरु आवश्यकताअनुसार बन्छन्, आवश्यकताअनुसार भत्किन्छन्”, उहाँले भन्नुभयो, “अब हामी नयाँ युगमा प्रवेश गर्दैछौँ ।”

उहाँले एनेकपा (माओवादी) को एजेन्डा पनि पुरानो बन्यो, त्यो अब एउटा भत्केको घरसरह भइसक्यो, भूकम्पले भत्काएको घरमा जसरी रेड स्टिकर लाग्छ, त्यसरी नै एमाओवादी पार्टीमा पनि रेड स्टिकर लागेको छ र त्यो रेड स्टिकर लागेको घरमा बस्न जोखिमपूर्ण भएको कारण पार्टीबाट बाहिरिएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मधेस आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै आन्दोलन अझै पूरा भइनसकेको बताउनुभयो । रासस

चिकित्सक चेरियनलाई धम्काउने तीनजना पक्राउ

चितवन, १७ असोज । चिकित्सकलाई धम्की दिँदै हातपात गरी रकम माग्ने तीनजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–१ का अरुण महर्जन, जुटपानी–१ चितवनका राकेश भण्डारी र म्याग्दीका रमेश पराजुली रहेका छन् ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत डा आई पी चेरियनलाई धम्की दिँदै ठूलो रकम माग्ने क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सहकुलबहादुर थापाले बताउनुभयो । भरतपुरको नौरगेंस्थित डा चेरियन बस्ने घरनजिकै पैसा माग्न पुगेका तीनैजनालाई प्रहरीले एकै साथ पक्राउ गरेको हो ।

उनीहरुले डा चेरियनलाई कठालो समातेर हातपातसमेत गरेको उहाँले बताउनुभयो । निजहरुले चढेको ना १० च ४०३१ नम्बरको कालो रङ्गको आइकन गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनैजना जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

डा चेरियन विगत ६ वर्षयता सो अस्पतालमा वरिष्ठ न्यूरो विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ राजधानीबाहिर न्यूरोको उपचारमा नाम चलेको चिकित्सकका रुपमा चिनिनुहुन्छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । उनीहरुलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने थापाले जानकारी दिनुभयो । रासस

रायमाझीको उपचारका लागि देशविदेशबाट सहयोग

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् नेपाल विद्यार्थी सङ्घका पूर्वउपाध्यक्ष उमेशजङ्ग रायमाझीको उपचारका लागि सहयोग सङ्कलनको क्रम जारी रहेको छ ।

आइतबार मात्रै नेपाली काँग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाका तर्फबाट रायमाझीको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराइएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच जनसम्पर्क समिति कोरियाका केन्द्रीय सदस्य नवराज वाग्लेले दुई लाखको रुपैयाँको भौचर नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् धनराज गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।

सो रकम जनसम्पर्क समिति कोरियाद्वारा आस्था विन्दु मल्लको संयोजकत्वमा गठित सहयोग सङ्कलन समितिले जम्मा गरेको हो । सो समितिमा नवराज वाग्ले र जितु तिमिल्सेना उपाध्याय सदस्य रहेका थिए ।

काँग्रेस केन्द्रीय सदस्य तथा नेवि सङ्घका पूर्वअध्यक्ष धनराज गुरुङका अनुसार कलेजोमा खराबी देखिएपछि कलेजो प्रत्यारोपणका लागि दिल्लीमा रहेका रायमाझीको उपचारमा सो रकम खर्च हुनेछ । सम्पूर्ण उपचारका लागि एक करोडभन्दा बढी रुपैयाँ लाग्ने भएकोले थप सहयोगका लागि उहाँले आग्रह गर्नुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा गुरुङसहित काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेवि सङ्घका पूर्वअध्यक्षहरु गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र कल्याण गुरुङ तथा नेवि संघका पूर्वमहामन्त्रीद्वय मनोजमणि आचार्य र जितजङ्ग बस्नेत लगायतको उपस्थिति थियो ।

रायमाझीको उपचारका लागि सरकारले २५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतले रु ११ लाख र चीन जनसम्पर्क समितिका अध्यक्ष राजन जम्मरकट्टेलले एक लाख रुपैयाँ उपलब्ध गराइसक्नुभएको छ । काँग्रेस सभासद्ले उनको उपचारका लागि एकमुष्ट रु १४ लाख ६१ हजार उपलब्ध गराउने भएका छन् । रायमाझी हाल नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत हुनुहुन्छ । रासस

द्रूतमार्गको नामलाई संशोधन गरी नेपालले नै बनाउन अर्थ समितिको निर्देशन

काठमाडौँ, १७ असोज । व्यवस्थापिका–संसद्को अर्थ समिति मातहतको उपसमितिले काठमाडौँ–तराई मधेस द्रुतमार्गको नामलाई संशोधन गरी काठमाडौँ–निजगढ द्रुतमार्ग आयोजना उल्लेख गर्न सुझाव दिएको छ ।

अर्थ समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनले आयोजनाको नाम वस्तुपरक रुपमा स्पष्ट हुने भएकाले नाम परिवर्तन गर्न सुझाव दिएको हो ।

राष्ट्रिय गौरवको आयोजनालाई बृहद् राष्ट्रिय हितलाई मध्यनजर गर्दै सरकार आफैँले सो आयोजना निर्माण गर्न र अन्तर्राष्ट्रियस्तरका निर्माण कम्पनी वा संस्थाबीच खुला प्रतिस्पर्धा गराई अगाडि बढाउन मुलुकको हितमा हुने प्रतिवेदनमा उल्लेख छ ।

सो आयोजना अगाडि बढाउनका लागि भारतीय कम्पनी आइएल एन्ड एफएस कम्पनी छनोट भएको र सो कम्पनीले परियोजना प्रतिवेदन तयार पारेको सन्दर्भमा न्यूनतम सवारी आवागमनबापत उठ्ने रकमको ग्यारेन्टी गरेर मात्रै काम सुरु गर्न समितिले आग्रह गरेको छ ।

‘भारतीय कम्पनीले तयार पारेको कागजातमा उल्लेख भएको सवारी आवागमनको सम्बन्धमा गरिएको अनुमान तथ्यभन्दा धेरै नै बढी भएकाले त्यस्तो ग्यारेन्टी गरी नेपाल सरकारले सम्झौता गर्नु उपयुक्त देखिँदैन’– उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, लागत अनुमान वस्तुनिष्ठ एवम् यथार्थपरक भएको नदेखिएको हुँदा यसमाथि गम्भीरतापूर्वक पुनरावलोकन गरी निक्र्योल गर्नुपर्ने र प्रवद्र्धकद्वारा प्रस्तावित आयोजना सञ्चालनका लागि प्रस्तावित अवधि धेरै लामो भएकाले सो अवधि घटाउनेतर्फ पुनः विचार गरी निर्णय लिन उपयुक्त हुने बताइएको छ ।

सवारी आवागमन दस्तुरका सम्बन्धमा दस्तुर अधिक देखिएकाले उक्त सडक प्रयोग गर्न सडक उपभोक्ता आकर्षित हुने गरी यसलाई घटाउनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ । उपत्यकामा प्रवेश गर्ने वैकल्पिक अन्य मार्गको विकासमा अवरोध नहुने गरी सो आयोजना अगाडि बढाउनुपर्ने देखिन्छ ।

कुल ७६ किलोमिटर लामो सो द्रुतमार्गको लागत रु एक खर्ब १२ अर्ब लाग्ने प्रबद्र्धकको दावी छ । सरकारले ‘इक्विइटी’ बापत ५० प्रतिशत कार्य सम्पन्न भएपछि रु १५ अर्ब अनुदानका रुपमा प्रवद्र्धकलाई दिने व्यवस्थाको साथै रु ७५ अर्ब सहुलियत ब्याज दरमा सरकारले ऋण उपलब्ध गराउने व्यवस्था जायज नभएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

सो परियोजना नेपाललाई हस्तान्तरण गर्ने अवधि जम्मा तीस वर्षको रहेको, सडक निर्माण गर्न पाँच वर्ष लाग्ने र निर्माण सम्पन्न भएको वर्षदेखि २५ वर्षसम्म लगानीकर्ताले उक्त सडकबाट सडक प्रयोग दस्तुर उठाउने र तत्पश्चात सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ ।

पहिलो वर्ष सडक प्रयोग गर्ने सवारीसाधनको सङ्ख्या एक करोड ६४ लाख ३१ हजार ३२२ हुने र जसमा दैनिकरुपमा सवारीसाधन सङ्ख्या बढ्दै गई २५औँ वर्षमा दुई करोड ४७ लाख ४९ हजार ६७९ पुग्ने उल्लेख गरिएको छ । तर सवारीसाधनले तिर्नुपर्ने शुल्क महँगो रहेको पाइएको छ ।

प्रवद्र्धकले आयका रुपमा उठाउने सडक प्रयोग दस्तुर एक कारको प्रतिकिमी रु २० भन्दा बढीको दरले ७६ किलोमिटरको रु एक हजार ५५८ लाग्ने भन्दै समितिले सो शुल्क व्यावहारिक नभएकोे ठहर गरेको छ ।

दुईवटा मोटरसाइकललाई एउटा कार बराबर, एउटा बसलाई दुईवटा कार बराबर र एउटा ट्रकलाई तीनवटा कार बराबर मानी सडक प्रयोग दस्तुर उठाउने प्रवद्र्धकको प्रस्ताव छ । नेपाली सेनाले ट्र्याक खोल्ने कार्य पहिल्यै सम्पन्न गरेको र घरजग्गा अधिग्रहण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

सन् २००८ मा भएको अध्ययनबाट अनुमानित लागत रु ६७ अर्ब रहेको र हाल रु ९७ अर्ब लाग्ने अनुमान रहँदारहँदै राज्यलाई बढी भार पर्ने देखिएकाले नेपालले नै बनाउनुपर्ने उपसमितिको निष्कर्ष छ ।

विस्तृत परियोजना प्रतिवेदन तयार पर्दा अस्वाभाविक रुपमा खर्च बढाइएको, अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल नगरिएको र नेपाल राष्ट्र बैंकको इन्डेक्सलाई आधार नबनाइएको अध्ययनमा पाइएको छ । अर्थ समितिका सदस्य केशवप्रसाद बडाल संयोजक, कमला पन्त, गोपाल दहित, जगदीश्वरनरसिंह केसी, विक्रम पाण्डे, मदनकुमारी साह ‘गरिमा’ र शक्तिबहादुर बस्नेत सदस्य रहेको उपसमितिले यही असोज १२ गते प्रतिवेदन पेस गरेको थियो । रासस

उखानेले कसरी देश चलाउँछभन्दा दुःखित छैन : ओली

काठमाडौँ, १७ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने आलोचनाबाट दुःखित नहुने बताउनुभएको छ ।

लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ यात्रा निबन्ध ‘कुञ्जिनीको गामवेंशी’ को आज यहाँ लोकार्पण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “उखानेले कसरी देश चलाउँछ भनेर पनि मलाई भन्ने गर्छन् तर पञ्चायतकालमा भूमिगत हुँदादेखि वा जेलमा रहँदा दुःख मनाउका बेला अरु गीत गाउँथे, म उखानको प्रयोग र आपसी रमाइलो तथा आनन्द दिलाउँथे ।”

प्रधानमन्त्री पदका दाबेदार रहनुभएका अध्यक्ष ओलीले आफ्ना मालेकालदेखि सहयात्री रहनुभएका लेखक नेपाल बहुआयामिक व्यक्तित्वका धनी भएको बताउँदै राजनीति र सङ्गठनको कामसँगै साहित्यिक यात्रालाई एकैसाथ लान सक्नुभएकामा प्रशंसा गर्नुभयो ।

लेखक नेपालले आफ्नो बाह्राँै यात्रा निबन्धका रुपमा ‘कुञ्जिनीको गामवेशी’ ल्याएको बताउनुभयो ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आर्थिकरुपमा जर्जर भएको संस्थालाई बचाउन विभिन्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

अक्फोर्ड इन्टरनेसनल पब्लिकेसन्सद्वारा प्रकाशित सो पुस्तकमा २१ वटा नियात्रा समावेश छन् । रासस

असफल राष्ट्र हुनबाट जोगाऔँ : नेउवा महासङ्घ

काठमाडाँै १७ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सरकार र आन्दोलनरत दललाई आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा आज भएको कार्यकारिणी समितिको १०औँ बैठकले सरकार र आन्दोलनरत दलबीच जारी वार्ताको स्वागत गर्दै त्यसलाई शीघ्र निष्कर्षमा पु¥याउन अनुरोध गरेको छ ।

डेढ महिनाभन्दा बढी समयदेखि जारी आन्दोलनबाट मुलुक गम्भीर आर्थिक सङ्कटतर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै बैठकले देशको अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन सरकारका तर्फबाट तत्काल राहतका कार्यक्रम घोषणा गर्न माग पनि गरेको छ । रासस

ऊर्जा मन्त्री ज्ञवाली पदमुक्त प्रकरणः कारबाहीको सिफारिस गर्नुका कारण पेस गर्न अख्तियारलाई सर्वोच्चको आदेश

काठमाडौँ, १७ असोज । सर्वोच्च अदालतले पदमुक्त हुनुभएकी ऊर्जा मन्त्री राधा ज्ञवालीलाई कारबाहीको सिफारिस गर्नुका कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले मन्त्री ज्ञवालीलाई कारबाही गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा अन्तरिम आदेश दिनु उपयुक्त छ कि छैन भन्नेमा यही असोज २४ गते आयोग र मन्त्री ज्ञवालीलाई उपस्थितिका लागि बोलाएको छ ।

आफूलाई गैरकानुनी रुपमा मन्त्री पदबाट हटाउने आदेश आयोगले दिएको भन्दै ज्ञवालीका तर्फबाट मनोजकुमार मिश्रले यही असोज १३ गते सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

आयोगको आदेशपछि प्रधानमन्त्री सुशील कोइरालाले ज्ञवालीलाई यही असोज १४ गते पदबाट बर्खास्त गर्नुभएको थियो । राजीनामा दिन आग्रह गर्दा अटेर गरेको भन्दै प्रधानमन्त्री कोइरालाले बर्खास्त गर्नुभएको थियो ।

सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलका अनुसार ज्ञवालीलाई हटाउनु पर्नाका कारणका सम्बन्धमा अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा यही २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ भने १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुनसमेत आयोगलाई सर्वोच्चले आदेश दिएको सहप्रवक्ता पौडेलले बताउनुभयो ।

सोलु करिडोर प्रसारण लाइन निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरेको भन्दै आयोगले ज्ञवालीलाई हटाउन प्रधानमन्त्री कोइरालालाई सिफारिस गरेको थियो भने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र सञ्चालक समितिका सदस्यलाई समेत कारबाही गर्न निर्देशन दिएको थियो ।

कुल १३२ केभीको सोलु करिडोर प्रसारण लाइन निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीको अनुसन्धानपछि आयोगले मन्त्री ज्ञवालीलाई यही असोज १ गते कारबाहीका लागि सिफारिस गरेको थियो ।

यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले प्राधिकरणका सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, सुरज लामिछाने, मनोजकुमार मिश्रलाई भने कारबाही गरेको थियो ।

आयोगले सो आयोजना निर्माणको ठेक्का दिँदा कम रकम बोल कबोल गर्ने कम्पनीे जेभी अफ जगुवार ओभरसिज लिमिटेड एन्ड बिएस लिमिटेडको साटो रु २६ करोड धेरै ठेक्का प्रस्ताव गर्ने मोहन इनर्जीलाई ठेक्का दिएको भन्दै मन्त्रीमाथि कारबाहीको सिफारिस गरेको थियो ।

प्राधिकरणको बोर्ड बैठकले गत ४ भदौमा भारतको मोहन इनर्जी कम्पनीलाई रु दुई अर्ब २६ करोडमा ठेक्का दिने निर्णय गरेको थियो । गत भदौ ४ गते बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको लमनेसम्मको ९२ किमी लामो प्रसारण लाइन निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।

प्राधिकरण सञ्चालक समितिको बैठकमा मन्त्रीको प्रस्तावविरुद्ध ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र सञ्चालक समितिका सदस्य सन्तोषनारायण श्रेष्ठले फरक मत राख्नुभएको थियो ।

‘नियुक्त परामर्शदाता, मूल्याङ्कन समिति र पुनः मूल्याङ्कन समितिले समेत स्थापित मूल्य तथा मान्यता विपरीत मूल्याङ्कन नगरेको र न्यूनतम कबोल गर्ने बोलपत्रदातालाई अयोग्य ठहर गर्दा निर्धारण गरिएको कारण वस्तुनिष्ठ तथा विश्वसनीय छ भन्नसक्ने अवस्थासमेत विद्यमान नरहेको’ भन्दै फरक मत राखेका थिए ।

आव २०७१÷७२ मा नै निर्माण सम्पन्न हुनुपर्ने सोलु करिडोर विवादका कारणले हालसम्म सुरु हुन सकेको छैन । तत्काल प्रसारण लाइन निर्माण सुरु गर्दा पनि साँढे दुई वर्ष लाग्ने प्राधिकरणले जनाएको छ । रासस

घरजग्गाको कारोबार घट्यो

बाबियाचौर (म्याग्दी), १६ असोज । म्याग्दी जिल्लामा पछिल्लो समय घरजग्गाको कारोबारमा गिरावट आएको छ ।

भुकम्पपछि त्यसको असर जिल्लाको घरजग्गा कारोबारमा परेको हो । जिल्ला मालपोत कार्यालयमा आर्थिक वर्ष २०७०र७१ मा दुई हजार एक सय घरजग्गाको रजिस्टे«सन भएकोमा आव २०७१र७२ मा दुई हजार घरजग्गाको रजिस्टे«सन पास भएको छ ।

गत वैशाखमा भूकम्प र जेठमा बैसरीमा पहिरो गएपछि घरजग्गाको कारोबार ह्वात्तै घटेको कार्यालयका नायव सुब्बा विष्णुदत्त शर्माले बताउनुभयो ।

उहाँका अनुसार चालु आव २०७२र७३ को साढे दुई महिनाको अवधिमा करिब दुई सयको हाराहारिमा मात्रै घरजग्गाको रजिस्टे«सन पास भएको छ ।

भुकम्प लगत्तै घरजग्गा खरिदमा सर्वसाधारणको आकर्षण घटेको र बैसरीमा पहिरो गएपछि सदरमुकामलगायत म्याग्दी र कालीगण्डकीको तटीय क्षेत्रको घरजग्गामा हुने लगानीलाई असुरक्षित ठानेर लगानीकर्ता पछि हटेका हुन् ।

घरजग्गाको कारोबार घटेपनि बैंक, सहकारी र वित्तिय संस्थामा दृष्टिबन्धक राखेर ऋण निकाल्ने क्रम भने बढेको मालपोत अधिकृत अविनास कुँवरले बताउनुभयो ।

यसैगरी मालपोत कार्यालयले दलित र महिलामा सम्पत्तीको पहुँच बढाउने उद्देश्यले सरकारले ल्याएको नितिअनुसार गत आवमा रु २६ लाख ५० हजार राजस्व छुट दिएको छ । दलित, महिला, एकल महिला, अपाङ्गता भएका र ७० वर्षभन्दा बढी उमेरका नागरीकको नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छुट दिने ब्यवस्था रहेको छ ।

गत वर्ष म्याग्दीका ३८७ जना महिलाले रु २० लाख ६८ हजार र १३० जना दलितले रु पाँच लाख ८१ हजार छुट पाएका छन् । अघिल्लो आव २०७०र७१ मा एक हजार १२७ जना दलित र महिलाले आफ्नो नाममा जग्गा पास गर्दा रु ४९ लाख ६७ हजार छुट पाएका थिए । रासस

जोगवनी नाका खुल्दै

विराटनगर, १७ असोज । दश दिनदेखि पूर्णरुपमा बन्द जोगवनी–विराटनगर नाका साँझदेखि खोलिने भएको छ ।

विराटनगर रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेत र भारत जोगवनी भन्सारका प्रमुख प्रनेश गुप्ताबीच आज छलफल भई पाँचबुँदे सहमति भए मुताबिक नाका खोल्न लागिएको हो ।

सामान जाँचको प्रक्रियालाई सहज बनाउने, ग्यास, इन्धन, खाद्यान्न र औषधिलगायत सामानलाई सहज रुपमा आपूर्तिको व्यवस्था मिलाउने, नेपालतर्फ भारतीय गाडीको सुरक्षाको प्रबन्ध मिलाउने र भन्सार उद्योग वाणिज्य सङ्घको सहायता कक्ष (हेल्प डेस्क) राख्नेलगायतको सहमति भएको विराटनगर भन्सार कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।

सो क्षेत्रमा करिब सात सय विभिन्न मालवाहक गाडी रोकिएर रहेको बताइएको छ । रासस

अनुदान प्राप्त गर्ने पशुपालकलाई अनिवार्य बिमा

कञ्चनपुर, १७ असोज । अनुदान प्राप्त गरी व्यवसायीक पशुपालनको कार्यमा संलग्नका लागि पशु सेवा कार्यालय कञ्चनपुरले अनिवार्य बिमा कार्यक्रम लागु गरेको छ ।

व्यवसायीक पशुपालनमा संलग्नका पशुहरु महामारीजन्य प्रकोप, रोग व्याधि र भवितव्यबाट हुने हानीबाट जोगाउनका लागि पशु बीमा अनिवार्य गरिएको हो । शुपालकले बिमा गरेको कागजपत्र संलग्न राखेमा मात्रै कार्यालयले अनुदानका लागि सिफारि गर्ने व्यवस्था गरेको पशु सेवा कार्यालयका सुचना अधिकारी शंंकरदत्त जोशीले बताउनुभयो ।

“पशुको बिमा नगरिएको पशुपालकलाई कार्यालयले अनुदान रकम उपलव्ध नगराउने भएपछि पशुको बिमा गराउनेको सङ्ख्या बढदै गएको छ” उहाँले भन्नुभयो ।

हालसम्म कार्यालयबाट पशुपालनका लागि अनुदान प्रदान गरिएका एक सय नौ जना पशुपालकले गाई, बाख्रा, भैँसी र बङ्गुरको बिमा गरिएको छ ।

बिमा गरेका पशुपालकले पशुको क्षतिमा ८० प्रतिशतसम्म क्षतिपूर्ति रकमसँगै औषधोपचार खर्च उपलव्ध गराइने भएकाले यसप्रति पशुपालकको आर्कषण बढ्दै गएको छ ।

बिमा गरिएको पशुको ७० प्रतिशत रकम सरकारले र पशुपालकले ३० प्रतिशत रकम व्यहोर्नुपर्ने व्यवस्था रहेको जोशीले बताउनुभयो । साना पशुको रु २५ हजार र ठुला पशुको रु ९० हजारसम्मको बिमा गर्न सकिने उहाँले बताउनुभयो ।

“बिमा गरेको पशुको मृत्यु भएमा पञ्चकृत मुल्य निर्धारण गर्न लगाई बिमा वाफतको रकम पशुपालक वीमाकर्तालाई प्रदान हुन्छ” वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले भन्नुभयो ।

यसैगरी, सुडाको साना किसान कृषि सहकारी संस्था लिमिटेड र चाँदनीको सृजना नमुना सहकारी संस्थाले समेत पशु बिमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

पशु बिमा कोष समितिमा आबद्ध सुडाका चालिस जना र चाँदनीका पचास जना पशुपालकले व्यवसायीकरुपमा पालेका पशुको बिमा गरेका छन् । रासस

राष्ट्रिय सहमतिको सरकारले मात्र मुलुकको समस्या समाधान गर्न सक्छ–पासवान

लहान, १७ असोज । बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले राष्ट्रिय सहमतिका आधारमा बन्ने सरकारले मात्र मुलुकको वर्तमान समस्या समाधान गर्न सक्ने बताउनुभएको छ ।

पार्टीका अगुवा कार्यकर्तासँग आज बिहान भएको भेटमा उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।

बहुमतीय प्रक्रियाबाट बन्ने सरकारले मुलुकको समस्या समाधान गर्न नसक्ने दाबी गर्दै अध्यक्ष पासवानले मधेस आन्दोलनलाई वार्ता र संवादको माध्यमबाट समाधान गरिनुपर्ने बताउनुभयो ।

भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीको कूटनीतिक रुपमा समाधान खोजिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “भारतले पनि नेपाललाई सम्मान गर्नुपर्छ र नेपालले पनि धाकधम्कीको भाषालाई छाडेर कूटनीतिक समाधान खोज्नु जरुरी छ ।” रासस

ऊर्जा क्षेत्रमा चरम राजनीतिकरण–ऊर्जा सचिव क्षेत्री

काठमाडौँ, १७ असोज । ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले नेपालको जलविद्युत् क्षेमा भित्रिएको अनावश्यक राजनीतिक हस्तक्षेपका कारण सोचेजति प्रगति हुन नसकेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको आजको बैठकमा समितिले विगतमा दिएको निर्देशन किन कार्यान्वयन नभएको हो सांसद्को जिज्ञासामा उहाँले मन्त्री फेरिएपछि फेरिने कार्यक्रम तथा विभिन्न आयोजनामा आफ्ना मान्छे नियुक्त गर्नका लागि गरिने दृश्य अदृश्य खेलले समस्या थपेको बताउनुभयो ।

ऊर्जा क्षेत्रका विकासका लागि आउने कतिपय निर्णय ऊर्जा मन्त्रालयलाई पनि थाहा नहुने भन्दै उहाँले विगतदेखिको गलत प्रवृत्तिका कारण गति लिन नसकेको तथा योजनालाई निरन्तरता दिनेतर्फ कुनै पनि सोच नभएको उल्लेख गर्नुभयो ।

नेपालको ऊर्जा क्षेत्रलाई अगाडि बढाउने प्राथमिक उपायहरु के के हुन भन्नेतर्फ कुनै पनि मन्त्रीले ध्यान दिन नसक्दा मुलुकले समस्या भोग्नुपरेको सचिव क्षेत्रीको कथन थियो ।

कागजको खोस्टा बनाउने र त्यसैलाई हेरेर रमाउने, चित्त बुझाउने अनि विभिन्न स्थानमा प्रस्तुत गरेर हवाइ कल्पनामा रमाउने प्रवृत्ति कायम रहेसम्म ऊर्जा क्षेत्रको विकास र विस्तार हुन नसक्ने उहाँको भनाइ थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त गर्न गरेको आग्रहपछि प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जा मन्त्री राधा ज्ञवालीले आपूmलाई रोजेर ऊर्जा सचिव बनाएपनि पछिल्ला दिनमा गलत काममा आपूmले साथ नदिएको स्पष्ट पार्नुभयो ।

नेपालको ऊर्जा क्षेत्रलाई अगाडि बढाउनका लागि आपूmले केही प्रणालीको स्थापना गरेको भन्दै आगामी दिनमा कुनै पनि मन्त्री र सचिवले प्रणाली विरुद्ध जान नसक्ने धारणा राख्नुभयो ।

आयोगले सोलु कोरिडोर प्रसारण लाइन ठेक्कामा अनियमितता गरेको भन्दै ऊर्जा मन्त्री ज्ञवालीलाई कारवाही गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको थियो । नेपाल बिद्युत् प्राधिकरणलाई खण्डित गरेर उत्पादन, वितरण कम्पनीमा रुपान्तरण गर्ने काम सुरु भएको, अत्याधिक माग हुने क्षेत्रमा प्राधिकरणकै सवस्टेशनमा मोबाइलरुपमा पाँच मेगावाटदेखि २० मेगावाटसम्मका डिजल प्लान्ट स्थापना गर्ने योजना अगाडि बढेको सचिव क्षेत्रीको भनाइ छ ।

लगानी बोर्डलाई जिम्मा दिएका कतिपय आयोजनाको बारेमा ऊर्जा मन्त्रालयलाई थाहा नहुने भएकाले किन काम भएन र किन प्रक्रिया अगाडि बढेन भनेर आपूmहरुले भन्ने अवस्था नभएको बताउनुभयो ।

पूर्व ऊर्जा सचिव सूर्यनाथ उपाध्यायले नेपालमा काम गर्ने शैली र प्रणाली नै नभएका कारण नेपालको ऊर्जा क्षेत्रमा काम हुन नसकेको धारणा राख्नुभयो । सरकार परिवर्तनपछि बदलिने नीति र कार्यक्रमका कारण नेपालले सधै समस्या भोग्नुपरेको उहाँको भनाइ थियो ।

‘‘ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकता राख्ने हो भने मसक्कै आटेर काम गर्नुप¥यो, होइन आलटाल गर्ने हो भने कहिल्यै पनि विकास हुन सक्दैन । प्राधिकरणको भूमिका के, अन्य निकायको भूमिका के प्रष्ट पारेर काम गर्नुपर्छ । काम नगर्नेलाई कारवाही गर्ने आँट पनि हुनुपर्छ ।’’ ढुङ्गलले भन्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका अध्यक्ष खड्गबहादुर विष्टले ऊर्जा क्षेत्रको पछिल्लो अवस्था, अपनाउनुपर्ने नीति तथा कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सङ्कटकाल लगाएर पनि काम गर्न सांसद्हरुको माग

समितिको बैठकमा धारणा राख्ने अधिकाशं सांसद्हरुले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि ऊर्जा सङ्कटकाल लगाएरै भएपनि काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

सामान्य तवरले काम गरेको भरमा ऊर्जा क्षेत्रको दिगो विकास हुन नसक्ने भएकाले राजनीतिक निर्णय गरेर तत्काल सङ्कटकाल घोषणा गरिनुपर्नेमा उहाँहरुको जोड थियो ।

सांसद्हरु लक्ष्मीप्रसाद पोखरेल, डिल्लीप्रसाद काफ्ले, नवराज शर्मा, काशीनाथ अधिकारीले तत्कालीन ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका भरतमोहन अधिकारीले ऊर्जा सङ्कटकाल लगाएको स्मरण गर्दै पुनः सो दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको अवस्थामा मुलुकको प्रमुख आवश्यकता भनेकै जलबिद्युत् भएकाले त्यसमा विशेष ध्यान दिनुपर्ने उहाँहरुको कथन थियो ।

समितिको बैठकले दीर्घकालीन ऊर्जा सुरक्षा नीति बनाउन र त्यसलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकको निर्णय सुनाउँदै सभापति गगन थापाले भन्नुभयो ‘‘ऊर्जा सुरक्षाको विषयमा प्रभावकारी कदम चाल्न र जलविद्युत् आयोजनाको निर्माण प्रक्रियालाई गति दिनु आवश्यक छ, त्यसतर्फ सरकारले विशेष पहल गरोस् ।’

कप्तान खड्काद्वारा स्पष्टीकरणको माग

काठमाडौँ, १७ असोज । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यही असोज १५ गते अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक प्रत्रिकामा प्रकाशित कप्तान पारस खड्कालाई कप्तानबाट हटाउने भन्ने समाचारमा आपत्ति जनाउनुभएको छ ।

उहाँले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरीे व्यक्तिगत तथा व्यावसायिक रुपमा उक्त समाचारले आफूलाई दुःखी तुल्याएको बताउनुभयो । आधिकारिक जानकारी नभई आफनो प्रतिष्ठामा आँच आउने खालको समाचार प्रकाशन गरेको भन्दै कप्तान खड्काले आजै नै अन्नपूर्ण पोष्टलाई स्पष्टीकरणको माग गर्ने बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को अनुशासन समितिले आफूलाई त्यस किसिमको कुरा कहिले पनि नगरेको स्पष्ट पार्दै उहाँले क्यानमा करारको रुपमा खेल खेल्दै आएको हँुदा क्यानको जस्तोसुकै निर्णय आफूलाई मान्य हुने भनाइ राख्नुभयो ।

उक्त समाचार प्रकाशन भएपछि क्यानले पनि कप्तान खड्काविरुद्व त्यस किसिमको कुनैपनि निर्णय नभएको भन्दै आपत्ति जनाएको थियो ।

क्यानको अनुशासन कमिटीले कप्तान खड्कालाई अनुशासन विपरित काम गरेकाले बोर्ड बैठकबाट कप्तान पदबाट हटाउने निर्णय गरेको भन्ने समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित भएको थियो । रासस

स्वर्णिम इतिहासको झझल्को दिने ऐतिहासिक चित्रहरु प्रदर्शनीमा

काठमाडौँ, १७ असोज । लिच्छवीकालीन शासब अंशुवर्माले बनाएको कैलाशकूट भवनको भव्यताबारे इतिहासमा निकै चर्चा गरिएको भेटाउँछौँ । तर यथार्थमै कस्तो थियो त ? परिकल्पना मात्रै गर्न सक्छौं । कलाकार हरिप्रसाद शर्माले केही ऐतिहासिक दस्तावेजको अध्ययन, कल्पना र इतिहासविद्सँगको छलफलबाट तयार पारेको चित्र हामी देख्न सक्छौँ नेपाल कला परिषद् बबरमहलमा । यो ऐतिहासिक दस्तावेजलाई चित्रमा हेर्ने सुनौलो अवसर पनि हो ।

एकैसाथ दश हजार मानिस अटाउन सक्ने भनिएको उक्त दरबारका खम्बा र दलिनमा समेत रत्न जडिएको थियो भनिन्छ । प्रदर्शनीमा राखिएको चित्रमा चिनियाँ यात्री हुएन साङ्ले आफूले देखेका कुरा टिपोट गरिरहेका देखिन्छन् । यसैगरी भगवान् शिवका विभिन्न अवतारका चित्र भवनका भित्तामा अङ्कित छन् ।

इतिहासको महत्वपूर्ण घटना मानिएको तिब्बतका सम्राट् स्रङचन गम्पो र नेपालीकी राजकुमारी भृकुटीको प्रथम साक्षात्कारको भव्य समारोहको दृश्यलाई समेत कलाकार शर्माले आफ्नो अर्को तस्बिरमा उतारेका छन् । तस्बिरमा नेपालबाट लगिएका अक्षोभ्य बुद्ध र लोकेश्वरको मूर्तिका साथै महत्वपूर्ण ग्रन्थ तथा बहुमूल्य रत्नको भेट सम्राट्समक्ष चढाउँदै गरेको देखिन्छ । राजकुमारीसँगै नेपालबाट गएका बौद्ध भिक्षु शीलभद्र तथा राजकुमार नरेन्द्रदेव प्रधानमन्त्री तारगोचनकै छेउमा उभिएका छन् । तिब्बतको भव्य दरबारमा भएको समारोहको परिकल्पनामा चित्रकारले बनाएको यो चित्रमा दरबारको द्वारबाट सुन्दर ल्हासा उपत्यकाका सहर, गुम्बा र हिउँले ढाकेका हिमाल पनि देखाइएको छ ।

अरनिको नामबाट चर्चित नेपालका बलबाहु ८० कालिगढसहित चीन जान लागेका बेलाको दृश्यलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । सत्र वर्षे युवक अरनिकोको बिदाइका लागि उपस्थित भएकालाई उनीहरुको स्थानीय नेवारी वेशभूषामा देखाइएको छ । राजा अनन्त मल्लले चीनका बादशाहका लागि पठाउन तयार पारिएका उपहार र पत्र लिएर भारदार कुरिरहेको देख्न सकिन्छ ।

यस चित्रमार्फत् करिब सात सय वर्षअघिको वातावरणलाई देखाउने कोसिस गरिएको छ । राजा प्रताप मल्लले स्वयम्भू चैत्यको दुवैतर्फ अनन्तपुर र प्रतापपुर शिखर शैलीका मन्दिर निर्माण गरिसकेपछि चट्याङ नपरोस् भन्नका लागि बज्र चढाउँदै गरेको दृश्य अर्को चित्रमा देख्न सकिन्छ । तान्त्रिक विधिबाट गरिएको सो पूजामा दर्शनार्थीको समेत निकै भीड देखिन्छ ।

नेपालको इतिहासमा निकै महत्वपूर्ण घटनाका रुपमा लिइने कुमारी पूजाको सुरुवात गर्ने मल्लकालीन राजा जयप्रकाश र तलेजु भवानीले पासा खेलिरहेको आकर्षक चित्र पनि देख्न सकिन्छ । भवानीले मानव रुप धारण गरी राजासँग पासा खेल्न आउने क्रममा राजाले आफूमाथि कुदृष्टि राखेको थाहा पाएपछि उनी आउन छाडिन् । त्यसपछि राजा जयप्रकाशले क्षमा पूजा गरेपछि सपनामा भवानीले रजस्वला नभएकी शाक्य वंशकी कन्यालाई कुमारीदेवीको रुपमा प्रतिस्थापन गर्न सुझाएपछि सोही बेलादेखि नेपालमा कुमारी पूजा सुरु भएको मानिन्छ ।

नेपाल एकीकरणका निर्माता पृथ्वीनारायण शाहले सम्पूर्ण नेपाललाई एक ढिक्का बनाउन गरेको कूटनीतिक पहललाई समेत कलात्मक र सुन्दर ढङ्गले देखाउने कोसिस गरिएको छ । हनुमानढोका दरबारभित्रको मोहन चोकमा जयप्रकाश र पृथ्वीनारायण शाहले पगरी साटासाट गरी मितेरी लगाउन लागेको मनमोहक दृश्य देख्न सकिन्छ ।

पृथ्वीनारायण शाहले विसं १८२५ मा कान्तिपुर विजय गर्दा अपनाएको युद्धकलालाई समेत अर्को चित्रमा देख्न सकिन्छ । तीनतिरबाट घेरा हाली छापामार शैलीमा कान्तिपुरमा आक्रमण गर्दा घोडामा सवार भएर पृथ्वीनारायणले नेतृत्व गरेका थिए । युद्धको त्रासद मनोभावमा गोर्खाली सेना अघि बढिरहेको देखिन्थ्यो ।

अर्को चित्रमा कान्तिपुर नगरीमाथिको विजयपछि कुमारीको हातबाट टीका ग्रहण गर्दैै गरेका पृथ्वीनारायण शाहलाई देख्न सकिन्छ । ठूलो हर्षोल्लासका साथ उनले महोत्सवमा भाग लिइरहेको देखिन्छ भने स्थानीय जनताको साथ पनि रहेको पनि राम्रैसँग देखाइएको छ ।

आफ्नो जीवनको अन्तिम अवस्थामा पृथ्वीनारायणले दिएका दिव्योपदेशका अंश पनि अर्को तस्बिरमा छ । नुवाकोट दरबारमा उनले आफ्ना युवराज बहादुर शाह, भाइ दलजीत शाह, गुरु पुरोहित वरपर राखेर उपदेश दिइरहेका छन् । उनको सिरानमा पिता नरभूपाल शाह, छेउमा योगी गोरखनाथ तथा वरपर उपत्यकाका मल्ल राजाहरुको तस्बिर झुण्ड्याएको देख्न सकिन्छ ।

नेपालको इतिहासमा राणाकाल निम्त्याउने घटनाका रुपमा रहेको कोत हत्याकाण्डलाई पनि चित्रमा दर्शाइएको छ । हनुमानढोका नजिकै कोतको पटाङ्गिनीमा विसं १९०३ मा भएको सो घटनाअनुसार आफ्नो प्रिय पात्र गगन सिंहको हत्याको घटनाले विक्षिप्त र क्रुद्ध भएकी रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई हत्यारा पत्ता लगाउन आदेश दिइन् । पूर्वतयारीसाथ आएका जङ्गबहादुरले अवसरको फाइदा उठाएर आफ्ना विरोधीलाई समाप्त पारे । तत्कालीन शिशमहल अगाडिको सिँढीमा महारानी हातमा तरबार लिएर चण्डी रुपमा उभिएकी छिन् भने उनको छेवैमा जङ्गबहादुर उभिएका देखिन्छन् । सिँढीमुनि प्रधानमन्त्री फत्तेजङ्गको शव लडिरहेको देखिन्छ भने कोतको पटाङ्गिनीको मध्यभागमा भारदारबीच मारकाट चलिरहेको दृश्य देखिन्छ ।

सत्तामा आइसकेपछि विसं १९०६ मा प्रधानमन्त्री जङ्गबहादुर बेलायत गएका बेला त्यहाँकी सबैभन्दा नामी नगरबधु लौरावेलसँग बिताएका क्षणलाई चित्रमा देखाइएको छ । जङ्गबहादुर सैनिक पोसाकमै देखिन्छन् भने लौरावेलले आकर्षक आधुनिक पोसाक लगाएकी छिन् । तत्कालीन बेलायती सम्पन्नतालाई चित्रमा देख्न सकिन्छ । उनले आफ्नो घरको ढोका बाहिर र बगैँचामा नग्न महिलाको मूर्ति राखेकी छिन् ।

नेवारी संस्कृतिबीच हुर्किएका कलाकार शर्माले नेवारी संस्कृतिका स–साना कुरालाई पनि चित्रमा देखाउन भ्याएका छन् । बौद्धनाथ, बागमती नदी, गुह्येश्वरी मन्दिरलगायत तत्कालीन अवस्थालाई समेत चित्रमा उतारिएको छ । चित्रलाई आकर्षक बनाउन कलाकारले पानी रङ र तैलीय रङको प्रयोग गरेका छन् । प्रदर्शनीमा ५१ वटा चित्र राखिएका छन् । ती चित्रका मूल्य रु ६५ हजारदेखि १० लाखसम्म तय गरिएको छ ।

करिब २० वर्षदेखि सङ्ग्रह गरिएका उनका कलाकृतिलाई अहिले प्रदर्शनीमा राखिएको हो । “इतिहासका कतिपय विषयवस्तु लोप हुने अवस्थामा पुगिसकेको छ, त्यसलाई कलाकै माध्यमबाट भएपनि जगेर्ना गर्ने उद्देश्य हाम्रो हो,” उहाँले प्रस्ट पार्नुभयो । अझै इतिहासका अन्य महत्वपूर्ण घटनालाई समेत कलामा समावेस गर्ने उहाँको योजना छ । यही असोज ७ गतेदेखि सुरु भएको सो प्रदर्शनी २० गतेसम्म चल्नेछ । रासस

सप्तरीमा विष सेवनबाट एक युवतीको मृत्यु

सप्तरी, १७ असोज । सप्तरीको खड्कपुर गाविस–७ की १७ वर्षीया मञ्जु रामको आज विष सेवनबाट मृत्यु भएको छ ।

विष खानुका कारणबारे अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । रासस

कपिलवस्तुका विद्यालय ५४ दिन पछि खुल्यो

कपिलवस्तु, १७ असोज । लामो समयको बन्दका कारण विद्यार्थीको पठनपाठन अवरुद्ध भएको बताउँंदै स्थानीयवासीको दबाबपछि आजबाट कपिलवस्तुका शैक्षिक संस्था सुचारु भएका छन् ।

संविधानसभाबाट पहिलो पटक संविधान जारी भए पनि सिमाङ्कनलगायतका विषयमा गरेको सहमति मान्य नहुने भन्दै विगत ५४ दिनदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले गरेको लगातार बन्दका कारण कपिलवस्तुका शैक्षिक संस्था बन्द भएका थिए ।

मोर्चाले एक विज्ञप्ति प्रकाशन गरी आजबाट शैक्षिक संस्था खुलाएर पठनपाठन सुचारु गर्ने बताएसँगै विद्यालय खुलेका हुन् । विद्यालय खुलेसँगै बजारमा पनि चहलपहल बढेको छ ।

नेपालीको महान चाडपर्व दसँै, तिहार, छडलगायतका पर्व नजिकिएकाले तत्काल बन्द खुलाउन स्थानीयवासीले सरकार र आन्दोलनरत पक्षसँग माग समेत गरेका छन् । रासस

आपूर्ति व्यवधान र नाकाबन्दीको स्थायी समाधान खोज्न आग्रह

काठमाडौँ, १७ असोज । भारतबाट पटकपटक हुने आपूर्ति व्यवधान र नाकाबन्दीको स्थायी समाधान खोज्न आग्रह गरिएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन र राष्ट्रिय उद्योग व्यापार महासङ्घले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी तथा व्यवसायीले सधँैभरि अन्य मुलुकसँग आश्रित हुनुको सट्टा नेपालकै जल, जमिन, जङ्गल र जडीबुटीको सदुपयोग गरी आत्मनिर्भर हुँदै विभिन्न समयमा हुने नाकाबन्दीको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

महासङ्घका अध्यक्ष शिव कट्टेलले भारतसँग गरिएका असमान सन्धि खारेज गरी पुनः देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रहित अनुरूप शान्तिमैत्री सन्धि गरिनुपर्ने बताउनुभयो ।

छिमेकी मुलुकसँगका अन्य नाका पनि खुलाउने कार्य तत्काल अगाडि बढाउन सबैभन्दा पहिले फूलबारी राधिकापुर, पारवहन सुविधा अविलम्ब अगाडि बढाउनुपर्ने अध्यक्ष कट्टेलको भनाइ छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै भूपरिवेष्टित देशले पाउनुपर्ने समुद्रसम्म निर्वाध पहुँचको अधिकारका लागि तत्काल अख्तियार गर्नुपर्ने माग समेत गरेको छ ।

सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले नाकाबन्दीको दीर्घकालीन समाधान खोज्न विद्युतीय सवारी साधनलाई अत्यधिक प्रयोगमा ल्याइनुपर्ने बताउँदै राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा विविधिकीकरण गर्ने नीति अख्तियार गर्नुपर्नेमा जोड दिनुभयो ।

ऊर्जा उत्पादन सङ्घका अध्यक्ष खड्कबहादुर विष्टले २०२७, २०४५ सालमा गरिएको नाकाबन्दीभन्दा पछिल्लो पटक गरिएको नाकाबन्दीले जनतामा बढी समस्या आएको हुँदा नेपाली अबका दिनमा आत्मनिर्भरतातिर केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनक शाह र उद्योग व्यापार सङ्घ रूपन्देहीका अध्यक्ष खीमबहादुर खत्रीले नाकाबन्दीले अब नेपालीहरू आफैँमा आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ सिकाएको छ भन्नुभयो । रासस

व्यवस्थापिका–संसद्को बैठकमा शोक प्रस्ताव

काठमाडौँ, १७ असोज । व्यवस्थापिका–संसद्को आजको बैठक दुईवटा शोकप्रस्ताव पारित गर्दै अन्त गरिएको छ ।

नेपाली काँग्रेसका नेता नरबहादुर थापा र एनेकपा (माओवादी)का नेता रामचरण चौधरीको निधनमा बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

गोर्खा परिषद्बाट २०१५ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित तथा लोकतन्त्रको स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका नेता थापाको ९० वर्षको उमेरमा यही असोज ३ गते आइतबार स्युचाटारस्थित आफ्नै निवासमा हृदयघात भई निधन भएको थियो ।

यसैगरी २०६४ सालको संंविधानसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं ४ बाट निर्वाचित एनेकपा (माओवादी)का नेता तथा पूर्वमन्त्री चौधरीको भेरी अञ्चल अस्पतालमा पेटको क्यान्सरको उपचारका क्रममा यही असोज १५ गते निधन भएको थियो ।

बैठकले नेता थापा र चौधरीको निधनमा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको थियो ।

उहाँहरूको निधनमा बैठकले एक मिनेट मौनधारण पनि गरेको थियो ।

यसअघि सभामुख सुवास नेम्वाङले राष्ट्रपतिबाट सातदिनभित्र नयाँ मन्त्रिमण्डल गठन गर्नका लागि गरिएको आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज २२ गते शुक्रबार दिउँसो १ः०० बजे बस्ने छ । रासस

अबको प्रमुख यात्रा आर्थिक विकास : अर्थमन्त्री

पथरी (मोरङ), १७ असोज । अर्थमन्त्री डा रामशरण महतले संविधान जारीसँगै अब आर्थिक विकास नै प्रमुख यात्रा भएको बताउनुभएको छ ।

विराटनगरमा जारी जैन धर्माबलम्बीको चातुर्मासमा जैन विश्व भारती संस्थानको नवौँ दीक्षान्त समारोहमा आज बोल्दै उहाँले अब आर्थिक विकासबाट नै गरिबी निवारण हुने बताउनुभयो ।

अर्थमन्त्री महतले भन्नुभयो, “अब हामी सधँै गरिब देशका नागरिकका रुपमा बस्न सक्ने अवस्था छैन । अबको यात्रा आर्थिक विकास नै हो ।” नेपालमा संविधान निर्माणको कार्य पूरा भएकाले अब आर्थिक विकास नै प्रमुख यात्रा भएको भन्दै उहाँले असन्तुष्ट पक्षलाई वार्ताको माध्यमबाट सहमतिमा ल्याइने बताउनुभयो रासस

सरकार गठनबारे काँग्रेसमा छलफल

काठमाडौँ, १७ असोज । नेपाली काँग्रेसको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सकेसम्म सहमतिको सरकार गठनका लागि सर्वदलीय बैठकमा छलफल गर्ने तय गरेको छ ।

बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिनुभएको जानकारीअनुसार सोबारेमा पहिला प्रमुख तीन दलका नेताबीच सकेसम्म आजै छलफल हुने र त्यसपछि व्यवस्थापिका–संसद्मा रहेका ३२ दलको सर्वदलीय बैठक बस्नेछ । उहाँले सहमतिका कायम गरेर सर्वसम्मत निकास निस्कन नसकेमा दोस्रो चरण (बहुमतीय) मा प्रवेश भई निकास निकाल्ने जनाउनुभयो ।

यही असोज १५ गते प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानबमोजिम नयाँ प्रधानमन्त्री चयनका लागि गर्नुभएको आग्रहका आधारमा राष्ट्रपति डा रामवरण यादवले सात दिनको समय दिई सहमतिको प्रधानमन्त्री चयन गर्न संसद्मा रहेका दलहरुलाई आह्वान गर्नुभएको थियो ।

उहाँले आफूहरु सकेसम्म सहमतिको कोसिसमा रहेको बताउनुभयो तर प्रमुख तीन दलको साझा उम्मेदवारमा बन्न सक्ला ? भन्ने प्रश्नमा त्यो अहिले भन्न नसकिने उल्लेख गर्नुभयो । प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमति हुँदा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको होइन ? भन्ने जिज्ञासा उहाँले भन्नुभयो, “त्यो मलाई थाहा छैन, मेरो जानकारीको विषय होइन ।”

पदाधिकारी बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी र सङ्घीय ढाँचाअनुसार विधान बनाएर अघि बढ्ने बारेमा पनि छलफल भएको थियो । रासस

सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण

इलाम, १७ असोज । जिल्ला वन कार्यालयले ४६ हजार २७ हेक्टर वन क्षेत्रको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई दिएको छ ।

वन क्षेत्र समुदायलाई जिम्मा दिएसँगै संरक्षण र नाङ्गा डाँडापाखा पनि हरियाली हुन थालेपछि बर्सेनि वन कार्यालयले समुदायलाई नै वन हस्तान्तरण गर्दै आएको छ ।

इलामको कुल एक लाख ७१ हजार ७२५ हेक्टर क्षेत्रफलमध्ये ८० हजार ९२६ हेक्टर वन क्षेत्रले ओगटेको छ । जिल्लाका २३० वटा सामुदायिक वन उपभोक्ता समूहलाई कार्ययोजनाअनुसार वन क्षेत्रको संरक्षण, व्यवस्थापन र उपयोगिताका लागि वन हस्तान्तरण गरिएको हो ।

जिल्लामा सञ्चालित सामुदायिक वन, कबुलियती वन, जडीबुटी विकास, राष्ट्रपति चुरे संरक्षण, राष्ट्रिय वन विकास तथा व्यवस्थापन, निजी वन व्यवस्थापन कार्यक्रमबाट जैविक विविधताको संरक्षणमा ठूलो सहयोग मिलेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सुनीलकुमार सिंहले बताउनुभयो ।

जिल्लामा हालसम्म ३४ हजार एक सय ११ घरधुरीका एक लाख ८२ हजार छ सय २५ जनसङ्ख्या सामुदायिक वन समूहमा आबद्ध छन् । जिल्ला वन कार्यालयले आव २०७१÷०७२ मा सामुदायिक वन विकास कार्यक्रमतर्फ रु २३ लाख ९६ हजार, राष्ट्रिय वन विकास कार्यक्रमतर्फ रु २० लाख ६६ हजार, राष्ट्रपति चुरे संरक्षणतर्फ रु १९ लाख ६२ हजार, वृक्ष सुधारतर्फ रु ३६ लाख ६१ हजार र लोदिया नदी प्रणाली संरक्षण कार्यक्रमतर्फ रु ६५ हजार गरी रु एक करोड एक लाख ५० हजार बजेट खर्च भएको जनाएको छ ।

सामुदायिक वनभित्र गठन गरिएका कबुलियती वनमा तेजपात, चिराइतो, लौठसल्ला, अग्रेली, अम्रिसो खेती गरिएको छ । माईपोखरी गाविस ६ र ७ मा पर्ने टप्पुपाटे र जिमी सामुदायिक वनमा तीन हजार ३०० लौठसल्ला, २०० चमेली, २६५ सतुवा र एक हजार लोक्ताका बिरुवा रोपिएको छ ।

वन संरक्षणका साथै यसको जैविक विविधता संरक्षण गर्न योगदान पु¥याएबापत वन कार्यालयले नमुना, इरौटार, कालीखोप डढेली, पाथीभरा, तीनतले र बगैँचासेरो सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृतसमेत गरेको छ । रासस

माटोमुनी गाडेर राखेको काठ बरामद

गौशाला, १७ असोज । महोत्तरीको गौशाला नगरपालिका–७ मा बारीमा गाडेर राखिएको अवस्थामा आज बिहान प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक चन्देश्वर यादवको नेतृत्वमा खटिएको टोलीले गौशाला नगरपालिका–७ का राजाराम महतोको बारीमा गाडिएको अवस्थामा एक ट्र्याक्टर काठ बरामद गरेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

तराई मधेसमा लामो समयदेखि चलिरहेको बन्द, हडतालको मौका छोपी महतोले नजिकैको सागरनाथ वनबाट चोरी तस्करी गरी ल्याएको कर्मा, खयर र साखुको करिब एक सय क्युबिक फिट काठ गोप्य सूचनाको आधारमा प्रहरीले महतोको बारीबाट बरामद गरेको हो ।

तेह्र (१३) वटा ठूल्ठूला गोलिया बनाएर गाडिएको ती काठलाई इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ भने आवश्यक कारबाहीका लागि सागरनाथ वन विकास परियोजनालाई बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । महतो फरार रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

तीन दलीय टोली र मोर्चाबीचको वार्ता सकारात्मक

काठमाडौँ, १७ असोज । प्रमुख तीन दलीय वार्ता टोली र आन्दोलनरत सङ्घीय लोकतान्त्रिक मोर्चाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीहरुले बताएका छन् ।

दुवै पक्षबीच आज मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) को केन्द्रीय कार्यालयमा भएको वार्ता सकारात्मक भएको तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले जानकारी दिनुभयो ।

मन्त्री आचार्यले छलफल राम्रो भएको र राजनीतिक कार्यसूचीलाई सबैका लागि कसरी स्वीकार्य हुन सक्दछ भन्नेमा दुवै पक्ष पुगेको बताउनुभयो । उहाँले वार्ताको वातावरण बनाउन सरकारले गरेका विभिन्न निर्णय तल्लो स्तरसम्म कार्यान्वयन गर्न देखिएका प्रशासनिक ढिलाइलाई सरकारले तत्काल सम्बोधन गर्ने विषयमा मोर्चालाई आश्वस्त पारेको जानकारी दिनुभयो ।

यसबाहेक दुवै पक्ष मुलुकको वर्तमान समस्या चाँडै सम्बोधन गर्नुपर्दछ भन्नेमा सहमत भएको र आन्दोलनका कतिपय माग संविधान संशोधनबाट सम्बोधन हुनेमा सहमत देखिएका छन् ।

छलफल सकारात्मक रुपमा अघि बढेको र मोर्चाले अघि सरेको कतिपय माग संविधान संशोधन तथा राजनीतिक तहमा छलफल गरेर टुङ्गो लगाउनुपर्नेमा सहमति भएको तीन दलीय वार्ता टोलीका अर्का सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का उपाध्यक्ष जितेन्द्र देवले छलफल सौहाद्र वातावरणमा विषयवस्तुमाथि केन्द्रित रहेर भएको बताउनुभयो । मुलुकको समसामयिक विषयमा सकारात्मक कुराकानी भएको र चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्नेमा दुवै पक्षबीच सहमति भएको उहाँले बताउभयो ।

मोर्चाले वार्ता वातावरण बनाउन आन्दोलनमा मृत्यु भएका परिवारलाई राहत, मुद्दा लागेको निर्दाेषलाई रिहा, घाइते भएकाको उपचारको व्यवस्था तत्काल हुनुपर्ने माग गरेको थियो । मोर्चाका सो मागलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै तत्काल सम्बोधन हुने आश्वासन दिएको छ ।

यसबाहेक छलफलमा सङ्घीयताको सीमानामा नमिलेका विषयमा समेत मोर्चाले सरकारलाई ठोस प्रस्ताव ल्याउन सुझाएको उपाध्यक्ष जितेन्द्र देवले जानकारी दिनुभयो । छलफलमा मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, निर्वाचन निर्धारण पुनरावकलोकन, नागरिकतालगायत विषयमा पनि सत्तापक्षलाई भोलिसम्ममा मस्यौदा ल्याउन र त्यसमा छलफल गरेर टुङ्ग्याउने सहमति भएको उहाँले बताउनुभयो ।

छलफलमा मन्त्री आचार्य, प्रमुख सचेतक खरेल, उपाध्यक्ष देव, फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो । रासस

एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार

kp-oli-काठमाडौँ, १७ असोज । नेकपा (एमाले) को स्थायी कमिटीको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न आवश्यक पहल लिने निर्णय गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले सर्वसम्मत र औपचारिकरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अध्यक्ष ओलीलाई अघि सारेको हो ।

राष्ट्रपति डा रामवरण यादवबाट यही असोज १५ गते सातदिन भित्र सहमतिका आधारमा प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपछि एमालेले सो निर्णय गरेको पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले पत्रकारलाई जानकारी दिनुभयो ।

अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठनका लागि अन्य दलसँग वार्ता र आवश्यक पहल गर्न अध्यक्ष ओलीकै संयोजकत्वमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी रहेको पाँच सदस्यीय टोली पनि गठन गरेको उहाँले बताउनुभयो ।

अन्य दलले एमालेको उम्मेदवारलाई नमानेमा के हुन्छ ? भन्ने प्रश्नमा स्थायी कमिटीका सदस्य शंकर पोखरेलले भन्नुभयो, “प्रमुख दलका बीचमा १६ बुँदे सहमति हुँदा भद्र सहमति भएको कुरा सञ्चार माध्यमले नै स्थापित गरिसकेको छ, नेपाली काँग्रेसले आफैँ प्रधानमन्त्रीको उम्मेदवार दिन्छ भन्ने लाग्दैन, केही नेताले के भने भन्ने महत्वपूर्ण होइन पार्टी सभापति र प्रधानमन्त्री सुशीला कोइरालासँग भएको भद्र सहमति लागू हुने विश्वास लिएका छौँ ।”

अन्य दलले प्रधानमन्त्रीको उम्मेदवारी दिएमा विधिअनुसार संसद्मा कार्यबाही अघि बढ्ने पनि उहाँले स्पष्ट गर्नुभयो । बैठकले नयाँ संविधानअनुसार पार्टीका विधान र संरचनालाई व्यवस्थित गर्ने प्रक्रिया प्रारम्भ गर्न केन्द्रीय सचिवालयलाई जिम्मा पनि दिएको छ । रासस

सिरियामा जारी रसियाली सेनाको कारबाही विवादमा

बेरुत, असोज । रसियाका युद्धक विमानद्वारा सिरियामा सुरु भएको आक्रमण विवादमा परेको छ । रसियाले अमेरिकी आग्रहबमोजिम नै सिरियामा आइएसका विरुद्धमा हवाई कारबाही थालेको हो ।

तर पनि सो कारबाही विवादमा परेको समाचारमा जनाइएको छ । अमेरिकाले सीआईएले बनाएका तथा तालिम दिलाइएका सिरियाली विद्रोहीलाई आक्रमण गरेको आरोप रसियामाथि लगाएको छ ।
अमेरिकी र संयुक्त सेनासँग टर्कीमा तालिमप्राप्त गरेका ७५ जना सिरियाली विद्रोहीलाई उत्तरी सिरियामा हालैमात्र पठाइएको एक समाचारमा जनाइएको थियो ।
तालिम प्राप्त गरेका ती ७५ विद्रोही जिहादी आतङ्ककारी समूहका विरुद्धको कारबाहीका लागि त्यहाँ पुगेका मानवअधिकारवादी समूह तथा अमेरिकी अधिकारीहरुले नै जनाएका थिए ।
टर्कीको राजधानीनजिकैबाट ७५ नयाँ विद्रोही लडाकू अलेपो प्रान्तमा गत हप्तामात्र प्रवेश गरेका थिए । तिनै लडाकूमाथि नै रुसी सेनाले हमला गरेको अमेरिकाको दाबी छ ।
उता सिरियन अब्जरभेटरी फर ह्युम्यान रइट्सका निर्देशक रामी अब्देल रहमानले दिनुभएको अर्काे एक जानकारीअनुसार सो हमलामा महिला र बालबालिका पनि मारिएका छन् ।
अमेरिकी सिनेटर जोन म्याकाइनले रसियाको सुरुवाती आक्रमण निशानामा अमेरिकी गुप्तचर संस्था सीआईएद्वारा प्रशिक्षित व्यक्ति तथा समूह परेको सिनेटर जनाउनुभएको हो ।

रसियाली सेनाले गएको बुधबारदेखि सिरियामा हमला गरिरहेको छ । सिरियाको होम्स सहरमा सो सेनाले आक्रमण गरेको छ । सो आक्रमणमा परी ५० जनाभन्दा बढीको ज्यान गएको पनि बताइएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भएको थियो ।
सन् २०११ देखिहालसम्म यस आन्दोलनमा परी २ लाख ४० हाजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । यस आन्दोलनको कारण लाखौं व्यक्ति घाइते भएका छन भने लाखौ व्यक्ति देश र भित्र र छिमेकी देशमा शरणार्थी बन्न पुगेका छन ।
पछिल्लो समयमा सिरियामा पनि आइएसको आक्रमण बढ्न थालेको हो । सो आक्रमणका विरुद्धमा अमेरिकी नेतृत्वमा केही विदेशी सेनाले सिरियामा कारबाही गर्दै आएको छ ।
सो कारबाहीमा ऐक्यबद्धता स्वरुप नै रसियाली सेनाले पनि आक्रमण गरेको बताइएको थियो । तर उसको आक्रमण सिरियाली सरकारको पक्षमा नै भएको भन्दै अमेरिकाले रसियाली सेनासँग सहकार्य नगर्ने बताएको छ । रासस÷एएफपी

बल्ल उठ्ने तरखरमा भूकम्पबाट थलिएको तातोपानी बजार

tatopaniतातोपानी (सिन्धुपाल्चोक), १७ असोज । “भूकम्पपछिका छ महिना सामाजिक र मानसिक समस्यासँग जुधियो, सडकको ट्रयाक खोलिएसँगै हामीमा उत्साह थपिएको छ ।” स्थानीयवासी दाबा तामाङले भने झैं तातोपानी बजार क्षेत्रमा बल्ल चहलपहल सुरू हुन थालेको छ ।

गत वैशाख १२ को विनासकारी भूकम्प र त्यसपछिका विभिन्न पहिरोका कारण अस्तव्यस्त बनेको तातोपानी क्षेत्र पहिलेकैै अवस्थामा फर्कन त अझै केही समय लाग्ने देखिन्छ तर बजार खुल्ने क्रम र चीनसँगको नाका चाँडै सुचारू हुने सम्भावनाले स्थानीयमा नयाँ आशा पलाएको छ ।

सडक विभाग, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा सो क्षेत्रको सडकमा थुप्रिएको पहिरो पन्छाउने क्रममा भेटिएका सोनाम लजका सञ्चालक छोम्बोल लामाले भन्नुभयो, “अब ढुक्क भएर तातोपानी फर्कदाँ हुन्छ । यहाँ बस्ने स्थिति छैन भनेर कतिपय मानिस अझै फर्केका छैनन्, म फर्कन आग्रह गर्छु ।” स्थानीय राजनीतिक कार्यकर्ता शेरबहादुर मगरले स्थानान्तरण भएका स्थानीयवासी क्रमशः फर्कने क्रम रहेको जनाउनुभयो ।

त्यसो त सो क्षेत्रमा अस्थायी रुपमा सडक सञ्चालन भएपनि विद्युत् प्राधिकरणको टावर मर्मत नभएका कारण विजुली बत्ति बलिसकेको छैन भने पाइपलाइन नजोडिएका कारण खानेपानीको सुविधा पाउन सकिएको छैन । यस्तै अध्यागमन कार्यालय, स्थानीय विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, सामुदायिक भवन पूर्ण सञ्चालनमा आइसकेका छैनन् । टेलिफोन पनि सुचारू भइसकेको छैन ।

सडकमाथिबाट आएका ठूल्ठूला ढुङ्गा पन्छाउन डिभिजन सडक कार्यालय चरीकोटबाट खटिएका टोलीले लगातार प्रयास गरेपनि पर्याप्त र ठूला उपकरण नहुँदा समय लागेको छ । सडकमा पुरिएका माटो पन्छ्याएपनि बजारमा घरसमेत छोपिने गरी थुप्रिएका माटो हटाउन अझै केही दिन लाग्नेछ भने भत्किएका घरका भग्नावषेश हटाउन महिनौँ लाग्ने देखिन्छ ।

छिमेकी चीनको खासामा सामानसहित रोकिएर रहेका करिब पाँच सय कन्टेनर चाँडो ल्याउन सकिए बजारको चहलपहल थप बढ्ने, व्यवसायीको लगानी खेर नजाने र दसैं तिहारजस्ता पर्वको मुखमा लत्ताकपडालगायत सामग्री नेपाली बजारमा सहज हुने स्थानीय भैवरकुण्ड क्लबका अध्यक्ष कुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले प्रसिद्ध तीर्थस्थल तातोपानी धारा सुरक्षित रहेकाले बजार खुलेसँगै आउँदो कात्तिकमा नुहाउन आउने तीर्थालु बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सडक डिभिजन कार्यालयका इञ्जिनियर रामबहादुर गुरुङ काठमाडौँबाट ११४ किलोमिटरको दूरीमा रहेको अरनिको राजमार्गअन्तर्गत कोदारी सडक खण्डको घट्टेकुलो भन्ने स्थान र १०३ किलोमिटर दूरीको स्थानमा पहिरोका अवरोध हटाइसकेको र अब त्यस स्थानमा सडकको स्तरोन्नति गर्ने तयारी भएको जानकारी दिनुभयो ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठ चीनसँगको नाका व्यावसायिकरुपमा तत्काल नखुल्ने हो भने आफूहरू यहाँ बस्नुको अर्थ नभएको बताउँदै भन्नुभयो, “सधँै अरुको आश गरेर हुँदैन, राहतको भरमा पनि पुग्दैन, काम गरेर खान पाउनुप¥यो ।” उहाँले अर्थ मन्त्रालयको बेवास्ताका कारण नाका खुलाउन र व्यवसाय सञ्चालनमा ढिलाइ आएको गुनासो गर्नुभयो ।

सो नाकाबाट वार्षिक करिब रु २० अरबको कारोबार भई रु तीन अर्ब राजस्व सङ्कलन हुने गरिएको छ । नेपालबाट चीनतर्फ मुख्यगरी घ्यू, पीठो, खाद्यान्न, हस्तकला र छालाका सामान निर्यात हुने गर्दछ भने चीनबाट नेपालतर्फ खासगरी तयारी पोसाक, फलफूल, विद्युतीय सामग्री, छाता, मोबाइल, जुत्तालगायत आयात हुँदै आएको छ । रकाश सिलवाल/रासस

श्रीमती काकासँग यौन सम्पर्करत अवस्थामा फेला परेपछि….

rape4मुगु, १७ असोज । आफ्नै श्रीमती र काकालाई धारिलो हतियार हँसिया प्रहार गरी मारेको अभियोगमा कार्कीबाडा–५ बस्ने २६ बर्षीय धर्म बहादुर बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।
वि.क.ले शनिबार राति २२ बर्षीया श्रीमती पुतली बि.क. र २६ बर्षीय काका जोगेन्द्र वि.क.लाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
वि.क.को श्रीमती पुतली र काकाबीच आफ्नै घरमा यौन सम्पर्क भइरहेको अवस्थामा फेला पारेपछि हँसिया प्रयोग गरी दुवैजनाको हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

बढी मूल्यमा ग्याँस सिलिण्डर बिक्री गर्ने पक्राउ

काठमाडौँ, १७ असोज । बढी मूल्यमा ग्याँस बिक्री गर्ने थानकोट चेकपोष्ट बस्ने ३० बर्षीय मदन थापा मगरलाई प्रहरीले ८ वटा ग्याँस सिलिण्डर सहित पक्राउ गरेको छ ।
मगरले प्रति सिलिण्डर ३ हजार ८ सय पर्ने नेपाल ग्याँसलाई ५ हजार रुपैयाँमा बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार ८ वटा नेपाल ग्याँसको सिलिण्डर सहित पक्राउ गरेको थियो ।

एमाले प्रतिपक्षमै बस्ने : मन्त्री पण्डित

lalbabu-panditभक्तपुर, १७ असोज । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एमाले सरकारमा नगए प्रतिपक्ष मै बस्ने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले विगतमा भएका सहमतिलाई कार्यान्वयन नगरी बहुमतीय प्रक्रियामा गए एमाले प्रतिपक्षमै बस्ने सम्भावना बढेको बताउनु भएको हो ।
राष्ट्रपतिले ७ दिनको समय दिईरहँदा राजनीतिक समीकरण र नयाँ नयाँ धुव्रिकरणहरु देखिने क्रम जारी रहेकाले समेत अबको सरकार सहमतिको भन्दा पनि बहुमतिय आधारमा निर्माण हुने उहाँको टिप्पणी थियो ।
उहाँले विश्वकै सर्वाेत्कृष्ट संविधान नेपालका जनप्रतिनिधिहरुबाट निर्माण भएको भन्दै कुनै पनि बैदेशिक हस्तक्षेप नेपालीलाई सैह्य नहुने बताउनु भयो । संविधान जारीसँगै विभिन्न खालका विषयहरु बाहिर आएको भन्दै उहाँले भन्नुभयो – नेपालको संविधान नेपालीका लागि बनाईएको हो कुनै विदेशीका लागि होइन जसकारण जस र अपजस नेपाली नागरिकका जनप्रतिनिधिले लिने र कमजोरीको सुधार गर्दै अगाडि बढ्नेमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो – दक्षिण तर्फबाट जसरी अघोषित नाकाबन्दी लगायो त्यसले नेपालीलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरेको भन्दै उत्तरतर्फको नाका खोल्न सरकार लागि परेको र उत्तर तर्फका सम्भावित नाकाहरु समेत खोल्ने र सञ्चालनमा आउन नसकेका नाकाहरु तत्कालै खोलाउन सरकार लाग्नु पर्ने बताउनु भयो ।
उहाँले श्रम बैंकको अवधारणा माथिको विधयेकमा छलफल बाँकी रहेको भन्दै यदि श्रम बैंकको अवधारणा लागू गर्न सके अरवका खाडीमा काम गर्न जाने नेपाली युवाहरुले देशमै रोजगार पाउने र देश समृद्धिको दिशातर्फ अग्रसर बन्ने बताउनु भयो ।
नेपालीहरुलाई दाताहरुको सहयोग यतिसम्म कि घरको करेसा बारीमा लगाउने तरकारी समेत उपलब्ध हुने बानीको विकासले परनिर्भरता बढेकाले अब नीतिनिर्माताहरुले दुरगामी सोच र  कार्यान्वयनको बाटो समातेर नेपाललाई आत्मनिर्भर बनाउन सबै क्षेत्र लाग्नु पर्ने र दाता देशको रुपमा नेपाललाई विश्व सामु परिचित गराउनु नै नेपालको भबिष्य रहेको उहाँको भनाई थियो ।
निजामती कर्मचारी मात्र नभएर देशका विभिन्न क्षेत्रलाई डि भि पि आर रहित बनाउन सबैको सहयोग उत्तिकै आवश्यक रहेको भन्दै धारा २९१ मा कुनै पनि नियक्ति, मनोनित, निर्वाचनमा भाग लिन नपाउने र डि भि पि आर त्यागेको भए पनि तीन महिना पश्चात उसलाई योग्य ठहराईने प्रावाधान रहेको बताउनु भयो ।

खेलको मैदानमा प्रवेश गरे पछि नतिजालाइ सहज ढंगले लिनु पर्छ :आईसीसी कोषाध्यक्ष पदका उम्मेदवार भैरब ढकाल

bhairav-dhakalराष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको स्थापना कालदेखि विभिन्न जिम्मेवारी तथा अन्तर्राष्ट्रिय समन्वय परिषदको आइसीसीको जिम्मेवारी सम्म काम गरि सकेका अष्ट्रेलियाका भैरब ढकाल भन्छन खेलको मैदानमा प्रवेश गरे पछि नतिजालाइ सहज ढंगले लिनु पर्छ l
 
उनले अस्ट्रेलियाबाट अमेरिकाको वाशिंगटन डिसी बाट संचालित ईनेपलिज़ डटकम संग कुराकानी गर्दै उक्त कुरा अभिव्यक्त गरेका हुन् l
 
उनि भन्छन एनआरएन अभियानको यात्रामा आफु यहाँ सम्म आइपुग्दा विश्वभरि छरिएका लाखौं नेपाली र देशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीको साझा समस्यालाई संस्थागत रुपमा समाधान गर्न आफुले अहम भूमिका गर्दै संस्था प्रति काम गर्ने अवसर पाए l
 
ढकाल एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष, च्यारिटी कोषको अभियन्ता तथा एनआरएन आइसीसीको सदस्यका रुपमा दायित्व निर्वाह गरेकोमा सबैमा कृतज्ञता गर्न चाहेको बताए l
 
समय नजिकिदै जादा एउटा पदमा धेरै उम्मेदवार बन्ने क्रम जारी छ र तपाई बिजयी हुने कतिको सम्भावना देख्नु हुन्छ भन्ने जिज्ञासामा ढकाल यसो भन्छन आजको दिन सम्म आइपुग्दा एन आर एनमा यति घेरै उम्मेदवारी आउनु लाई  सकारात्मक रूपमा लिनु पर्छ । प्रवासीएका नेपालीहरू एनआरएन संस्थामा बसेर मातृभुमिको सेवा गर्न उत्साहित देख्दा घेरै खुसि छु । 
 
खेलको मैदानमा प्रवेश गरे पछि, जित र हार त्यसका नियम हुन र नतिजालाइ सहज ढंगले लिनु पनि पर्छ । विश्व भरी छरीएर बस्नु भएका साथीहरूले दिनु भएको साथ र हौसलाले गर्दा मैले यस पदमा उम्मेदवारी दिएको हु तसर्थ मैले मेरो जित नजिक देखेको छु भने l
 
एन आर एन अभियानमा मतदाताले किन तपाईलाई कोषाध्यक्ष पदमा मतदान गर्ने भनें सवालमा उनि भन्छन ,आफु लामो समयदेखि गैरआवासीय नेपाली संघको कुनै न कुनै जिम्मेवारीमा रही आफुलाई क्रियाशिल गराउँदै आएको छु । राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको सदस्यदेखि अन्तर्राष्ट्रिय समन्वय परिषदको आइसीसीको जिम्मेवारीसम्म आइपुग्दा विश्वभरि छरिएका लाखौं नेपाली र देशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीको साझा समस्यालाई संस्थागत रुपमा समाधान गर्न मै समर्पित रहेँ । एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष, च्यारिटी कोषको सह-संयोजक, वैदेशिक रोजगार र प्रवासी कामदार कल्याणकोसको सह-संयोजक तथा एनआरएन आइसीसीको सदस्यका रुपमा दायित्व पाएं र सो जिमेवारीहरू कर्तव्यनिष्ठ रूपमा पुरा पनि गरे ।
 
संघको कोष पारदर्शी, वैज्ञानिक ढंगले प्रभावकारी रुपमा चलाउने ज्ञान सीप अनुभव र योग्यता आफूसँग हुनुका साथै संघलाई आर्थिक समृद्धितिर अगाडि बढाउन मैले आफूलाई उम्मेदवारका रुपमा अगाडि सारेको हुँ भने l
 
 
पदको समर्पण गर्नु पर्ने अवस्थामा के धारणा राख्नु हुन्छ भन्ने सवालमा ढकाल भन्छन आजको दिन सम्म मैले अगाडि बढाएको कदम पछाडि सारेको छैन । मैले उमेदवारी दिए पछि भविष्यमा कसै संग बारगेनिङ गर्छु या अरू कुनै फाइदा उठांछु भनेर होइन । म आफु यस पदको लागि योग्य सोचेर उम्मेदवारी दिएको हु । अब यसको फैसला निर्वाचन पश्चात नै हुनेछ भने जवाफ दिए l
 
एनआरएन पनि प्रतक्ष्य या परोक्ष रुपमा राजनीतिमा मुसीन्छ र के भन्नु हुन्छ भन्ने सवालमा ढकाल भन्छन एउटा मान्छे कुनै समयमा कुनै न कुनै पार्टीको क्याडर्र हुन्छ । उ विभिन्न कारणबस प्रवासिन्छ र अन्तमा एन आर एनमा आफनो भुमिका खोज्छ । उसले संस्थाना संचालन गर्ने गतिविघिबाट राजनितिको प्रत्यक्ष या अप्रत्यक्ष देखिन्छ तर त्यो सबैमा लागु हुदैन । घेरै साथिहरू निस्वार्थ भावनाले र गैर राजनितिक तवरले सेवामा लाग्नु भएको आफुले पाएको बताए l
 
बिजयी भएमा सर्बप्रथम के काम गर्ने भनें जिज्ञासामा उनि भन्छन पहिलाको कार्य समितिबाट बाकिं रहेका राम्रा र अपुरा कामहरूले पूर्णता पुर्याउने आफ्नो पहिलो काम हुनेछ । अहिले यो गर्छु र त्यो गर्छु भन्दा पनि कार्यभार समाले पछि आफुले गर्ने कामले तपाईको अहिलेको सहि उत्तर दिनेछ l
 
चुनाबमा हार पनि हुन् सक्छ र पराजित हुनु भयो भने कस्तो प्रतिक्रिया जनाउनु हुन्छ भन्ने सवालमा ढकालले यस्तो उत्तर दिए खेलका नियमहरू मानेर निर्वाचनमा जाने छु । जितको लागि मेरो कसरत रहने छ तर कदमकदाचित हारे छु भने सहज स्विकार्ने छु । मैले अझ कसरत र गृहकार्य गर्न बांकि रहेछ भन्ने ठानेर नयां निर्वाचित साथिलाइ कार्यकालको शुभकामना दिएर,म आफनो भावि योजनाहरूमा लाग्ने छु बताए l
विजय थापा ,वाशिंगटन डिसी 

‘च्यातिएको पर्दा’को मञ्चनलाई निरन्तरता

काठमाडौँ, १७ असोज । काठमाडौँको सुनधारास्थित थिएटर मलले अन्तिम नाटक ‘च्यातिएको पर्दा’को मञ्चनलाई निरन्तरता दिएको छ ।

यो नाटक नेपाली रङ्गमञ्चका चर्चित नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ द्वारा लिखित यस नाटकलाई थिएटर मलका लागि सुदाम सिकेले परिकल्पना तथा निर्देशन गर्नुभएको हो ।

असोज १२ देखि मञ्चन सुरु गरेका नाटकमा एक धनाध्य घरानिया घरमा हुने दुर्दशाको चित्रण गरिएको छ । यस घरको इज्जतको पर्दा दिनदिनै च्यातिँदै गएको छ । नाटकका हरेक पात्रभित्र छटपटी छ । धेरैअगाडि लेखिएको नाटकलाई मञ्चन गर्ने क्रममा समसामयिक बनाउने प्रयास र सोहीअनुरुप नाट्य परिकल्पना गरिएको निर्देशक सिकेले बताउनुभयो ।

नाटक ‘च्यातिएको पर्दा’मा आकृति श्रेष्ठ, विजया कार्की, केदार श्रेष्ठ, जीवन भट्टराई, प्रकु पाण्डे, कविर खड्का, कुशल पाण्डे, दिनलजङ्ग गुरुङ, सञ्जिता सञ्जीको अभिनय छ । असोज २५ गतेसम्म थिएटर मलमा यो नाटक मञ्चन हुने कला निर्देशक केदार श्रेष्ठले जानकारी दिनुभयो । रासस

अबको प्रमुख यात्रा आर्थिक विकास : अर्थमन्त्री

RamSaranMahatमोरङ, १७ असोज । अर्थमन्त्री डा रामशरण महतले संविधान जारीसँगै अब आर्थिक विकास नै प्रमुख यात्रा भएको बताउनुभएको छ ।

विराटनगरमा जारी जैन धर्माबलम्बीको चातुर्मासमा जैन विश्व भारती संस्थानको नवौँ दीक्षान्त समारोहमा आज बोल्दै उहाँले अब आर्थिक विकासबाट नै गरिबी निवारण हुने बताउनुभयो ।

अर्थमन्त्री महतले भन्नुभयो, “अब हामी सधँै गरिब देशका नागरिकका रुपमा बस्न सक्ने अवस्था छैन । अबको यात्रा आर्थिक विकास नै हो ।” नेपालमा संविधान निर्माणको कार्य पूरा भएकाले अब आर्थिक विकास नै प्रमुख यात्रा भएको भन्दै उहाँले असन्तुष्ट पक्षलाई वार्ताको माध्यमबाट सहमतिमा ल्याइने बताउनुभयो रासस

खानेपानी आयोजना सम्पन्न भएपछि डाँडागाउँमा खुसियाली

दैलेख, १७ असोज । खोला र कुवाको पानीमा निर्भर सल्लेरी–डाँडागाउँका–२९ धरधुरी खानेपानी आयोजना सम्पन्न भई टोलटोलमा नयाँ धारा बनाइएसँगै खुसी भएका छन् ।

खोलाको दूषित पानी र लामो समय लगाएर पानी लिनुपर्ने बाध्यता रहेको डाँडागाउँका स्थानीय गरिबी निवारण कोष नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक)को सहजीकरणमा एकीकृत सामुदायिक विकास परियोजननाअन्तर्गत देउली खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि खानेपानी समस्या हटेको हो ।

“दुई घण्टासम्म लगाएर खोलाबाट दूषित पानी ल्याएर खानुपर्ने बाध्यता थियो, अहिले घरघरमै सफा पानी आएको छ, समयको बचतसँगै र स्वास्थ्य पनि राम्रो भएको छ ।”– जनसेवा सामुदायिक संस्थाका सचिव कृष्णबहादुर चन्दले भन्नुभयो ।

उक्त आयोजना निर्माणका लागि गरिबी निवारण कोषबाट रु ११ लाख ३३ हजार ७४५ र सामुदायिक श्रमदानबाट रु तीन लाख, १८ हजार १५० र गाविसबाट रु ५० हजार सहयोग प्राप्त भएको थियो । रासस

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

गौशाला, १७ असोज । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाहरुले घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । भोलि बिहान ४ बजेदेखि उपवास बसी पर्सी बिहान १० बजे सम्पन्न हुनेछ ।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुने गरिन्छ । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाख सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा(कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठ गन सम्पन्न गर्नु पर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।

प्रायःजसो महिलाले आठ गन मा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रतविशेष विकट रहेको पण्डित कैलाश मिश्र बताउनुहुन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विधापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ भन्नुहुन्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिंवगत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिव्रो टोके भने व्रत असल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खद जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । रासस

सरकार गठनबारे काँग्रेसमा छलफल

nepali-congressकाठमाडौँ, १७ असोज । नेपाली काँग्रेसको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सकेसम्म सहमतिको सरकार गठनका लागि सर्वदलीय बैठकमा छलफल गर्ने तय गरेको छ ।

बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिनुभएको जानकारीअनुसार सोबारेमा पहिला प्रमुख तीन दलका नेताबीच सकेसम्म आजै छलफल हुने र त्यसपछि व्यवस्थापिका–संसद्मा रहेका ३२ दलको सर्वदलीय बैठक बस्नेछ । उहाँले सहमतिका कायम गरेर सर्वसम्मत निकास निस्कन नसकेमा दोस्रो चरण (बहुमतीय) मा प्रवेश भई निकास निकाल्ने जनाउनुभयो ।

यही असोज १५ गते प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानबमोजिम नयाँ प्रधानमन्त्री चयनका लागि गर्नुभएको आग्रहका आधारमा राष्ट्रपति डा रामवरण यादवले सात दिनको समय दिई सहमतिको प्रधानमन्त्री चयन गर्न संसद्मा रहेका दलहरुलाई आह्वान गर्नुभएको थियो ।

उहाँले आफूहरु सकेसम्म सहमतिको कोसिसमा रहेको बताउनुभयो तर प्रमुख तीन दलको साझा उम्मेदवारमा बन्न सक्ला ? भन्ने प्रश्नमा त्यो अहिले भन्न नसकिने उल्लेख गर्नुभयो । प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमति हुँदा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको होइन ? भन्ने जिज्ञासा उहाँले भन्नुभयो, “त्यो मलाई थाहा छैन, मेरो जानकारीको विषय होइन ।”

पदाधिकारी बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी र सङ्घीय ढाँचाअनुसार विधान बनाएर अघि बढ्ने बारेमा पनि छलफल भएको थियो । रासस

हुलाक सेवाको प्रभावकारिता ह्वात्तै घट्यो

पाँचथर, १७ असोज । मोबाइल फोनको विकास भएसँगै जिल्लामा हुलाक सेवाको प्रभावकारिता ह्वात्तै घटेको छ ।

पूर्वी पहाडी जिल्लामा रहेका जिल्ला हुलाक कार्यालयदेखि लिएर इलाका हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयमा कार्यालय प्रयोजनका लागि आएको अख्तियारीपत्र र पत्रपत्रिकाबाहेक व्यक्तिगतलगायत चिठी पत्र आउनै छाडेका छन् ।

यसले हुलाक सेवाको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गरेको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख देवी अधिकारी पनि हुलाक सेवा मोबाइल फोनको विकासले प्रभावित हुँदै आएको स्वीकार्नुहुन्छ ।

उहाँले नेपाल टेलिकललाई हुलाक कार्यालय मातहतमा ल्याइनुपर्नेमा जोड दिँदै आउनुभएको छ । एक दशक अघिसम्म हुलाक कार्यालय जिल्लाकै निक्कै व्यस्त कार्यालय मध्यमा पर्ने गर्दथ्यो । तर आजभोलि हुलाक कामविहीन जस्तै भएको छ ।

कार्यालयबाट लोकसेवा आयोगको लागि लिने परीक्षाको फारम भर्ने, हुलाक बचत बैंक सञ्चालन गर्ने र टेलिसेन्टरबाट सेवा प्रवाह गर्ने गरिएको छ । तर जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका इलाका हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालय भने लगभग कामविहीन जस्तै भएका छन् । इलाका हुलाक कार्यालय नवीडाँडाका हल्कारा सन्तोष सम्बाहाम्फेले पहिले जस्तो चिठी पत्र आउने गरेको छैन भन्नुभयो ।

महिना दिनमा कहिलेकाँही १५ वटा मात्रै चिठी आउने गरेको उहाँको भनाइ छ । इलाका हुलाक कार्यालय मौवाका कर्मचारी भगिमान लावतीले कार्यालयबाट आउने अख्तियारीका चिठी बाहेक अन्य चिठी नै आउन छाडेको बताउनुभयो । रासस

मालवाहक गाडी भित्रन थाल्यो

भद्रपुर, १७ असोज । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीलाई छिचोल्दै पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट मालवाहक गाडी भित्रिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विविध सामान बोकेको ती गाडी हिजो साँझ १२७ वटा र आज बिहानदेखि अहिले सम्ममा १२ वटा गाडी भित्रिइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

इन्धन र ग्यासको कुनै पनि गाडी यो प्रवेशद्वारबाट नेपाल नभित्रिए पनि भारततर्फ पानीट्याङ्कीमा पाँच वटा ग्यासको गाडी रोकिएर रहेकाले साँझसम्ममा नेपाल भित्र्ने सम्भावना रहेको प्रहरीको भनाइ छ । रासस

नाकाबन्दी नेपालमाथिको शत्रुतापूर्ण व्यवहार : अध्यक्ष बिजुक्छे

narayanman-bपोखरा, १७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी शत्रुतापूर्ण व्यवहार भएको टिप्पणी गर्नुभएको छ ।

नेवाः पत्रकार पुच पोखराले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले बेलाबेलामा छिमेकी देश भारतले नेपालमाथि गर्ने गरेका यस्ता विस्तारवाद र एकाधिकारजस्ता व्यवहारवाट युवा पुस्ताले आत्मनिर्भर हुने पाठ सिक्नुपर्दछ भन्नुभयो ।

उहाँले एउटा घरपरिवारले पाँच÷सात महिनाका लागि आपूmलाई चाहिने अत्यावश्यक वस्तु सञ्चित गरेर राख्छ तर राज्यले आवश्यक वस्तु एक हप्तालाई पनि जगेडा गरेर राख्न नसक्नु दुःखद भएको उल्लेख गर्नु भयो ।

प्रमुख पार्टीहरूबीच विगतमा भएका भद्र सहमतिअनुसार नयाँ प्रधानमन्त्री नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नै हुनुपर्ने धारणा राख्दै उहाँले तर नेपाल मजदुर किसान पार्टी भने प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष बिजुक्छेले मित्रराष्ट्रहरूमा सरकारले अनुभवी र भाषा विज्ञ राजदूत नियुक्ति गर्न सुझाव दिँदै भन्नुभयो – “जसले सम्बन्धित देशको मन पगाल्ने र सधैँ दुई देशबीचको सम्बन्ध सुमधुर राख्न सक्नेखालको होस् । रासस

महामन्त्री गुरुङको निधनमा राप्रपा,नेपालले सात दिन शोक मनाउने

काठमाडौँ, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सात दिनसम्म शोक मनाउने, तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निणर्य गरेको सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याउने र वैद्धिक परम्पराअनुसार दाहसंस्कार गर्नेलगायत व्यवस्थापनका लागि पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

अमेरिकाको कोलोराडोमा क्यान्सरको उपचार गराइरहेका गुरुङको शनिवार राति मृत्यु भएको थियो । स्याङ्जाको पञ्चमूल सिरुवारीमा २०१२ सालमा जन्मिनुभएका गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद् हुनुहुन्थ्यो ।

सहमहामन्त्री श्रेष्ठले रासससँग कुरा गर्दै भन्नुभयो – “पार्थिव शरीरलाई नेपाल ल्याउने सवालमा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अझै तीन चार दिन लाग्न सक्छ ।” रासस